कुलेखानीको जलाशय भरियो, सर्लाही र रौतहटमा त्रास

२०७६ असार ३० गते, सोमबार

काठमाडौं, ३० असार । गएराति ठूलो वर्षा भएका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएको छ । जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेको छ । जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो । तर, २०७२ को भूकम्पले ड्याम चर्किएको कारणले १ हजार ५ सय २७ मिटर मात्रै पानी संकलन गर्ने गरिएको छ ।
अहिले पनि प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिँदै गएको आयोजनाले जनाएको छ । जलाशय भरिएपछि नेपाल विद्युत् प्राधिकरणले ड्याम्प खोल्ने तयारी गरेको छ । कुलेखानीको ड्याम्प खोल्दा तल्लो तटीय क्षेत्रमा खतरा हुनसक्ने भन्दै प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।
यसैबीच सर्लाही र रौतहटमा स्थानीय प्रशासनले पनि सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत गराएका छन् । कुलेखानीस्थित इन्द्रसरोवरमा पानीको सतह बढेका कारण बाँध खोल्ने तयारी भइरहेकाले डुवानको समस्या हुन सक्ने भन्दै सर्लाहीको पश्चिमी पुरै भेग र रौतहटको पूर्वी भेगमा सतर्कता अपनाउन आग्रह गरिएको हो । कुलेखानीको ड्याम्प खोलिए त्यहाँको पानी सर्लाही र रौतहट पुग्न झन्डै ४ घण्टा लाग्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार