कुरुप नागरिक – बादलदेबी चाम्लिङ्ग

२०७४ कार्तिक १५ गते, बुधबार


पेटभरि खाऊँ, खानेकुरा छैन
पानी पिएर पेट भरुँ त, पानी शुध्द छैन
आकाशवाट झरेको पानी पिऊँ त
एसिड हुन्छ
वायूमण्डलमा रहने श्वास फेर्ने हावामा
घातक किटाणु हुन्छ
आफ्नो आयू कति छ वॉकी
आफै तोक्न सकिन्छ ।
सिकुवाको सिलिङ्गमा घुमाउने एक मुखे गुँड लगाउने गौंथली
उहिल्यै कता गए कुन्नि
तारावाजी लै लै, कुखुरी कॉ लेख्ने हातहरु
कसका थिए कुन्नि
सृष्टि र सर्जक यसरी रहस्यमयी वनेर हराउँछन्
बरखी वारेका यी पलहरु
आफू कति सुखी छन्
अरुलाई कति खुशि बाँड्छन् ?
वनमा चर्ने चरी घरपालुवा वनेपछि
मानवक्रुरताको पराकाष्ठा स्पष्ट हुन्छ
ठूला माछाले साना माछालाई जिउँदै निल्नु
मत्स्य न्याय
पानीभित्रको जिउँदो प्रजातन्त्र छर्लङ्ग हुन्छ
त्यसैले टोटोलाको फूल
दिनमा फूल्न मुश्किल छ भन्छ
रात परेपछि सुटुक्कै फूल्छ र उज्यालो नआउँदै भूँईमा झर्छ
कम्तिमा जूठोहातहरुले छोईनु त पर्दैन भन्छ
म पनि
आफै उभिएको छु हेर त भनेर तुजुक मार्न खोज्छु
म उमिएको जमिनमा नै भूस्खलन हुन्छ
ज्यान जोगाएर भोली पर्खनु साह्रै कठिन छ ।
चाडपर्वमा आशिर्वाद, प्रेम–सद्भाव
ईमेलवाट नै आउँछ जान्छ
ह्ूलवाट एउटा खरायो सिँह वन्छ र आफ्नै साथीहरुको शिकार गर्छ
जुँघा भरि आलो रगत लत्पतिएको हुन्छ
मैले ज्यान मारेकै छैन भन्छ
उसको मुहारवाट ज्यानमाराको छॉया भूँईमा झरेकै हुन्न
विचार–विनिमयको भाषा यति छर्लङ्ग पनि किन हुनु ?
जासुसी सँस्थालाई राज्यको भत्ता पचाउनै गाह्रो भा’छ
उसको काम भॉडामा चामल कॉचै पल्टिए झै छ
कट्मेरो श्वास फेर्दै
पचेको नककल त गर्न सकिरा’छ
उस्तै जनता हुनु
यि सवै चटके हेरेर वस्नु
छँागावाट तल हेर्दा लाग्ने कहाली
हातमा थमाएर जिवन साट्नु जस्तै भा’छ ।
वैँक
निछेप लिएर कर्जा प्रवाह गर्छ
गोमनको विष गरिवको मेरुदण्ड हुँदै वग्छ
पश्चिमको साहुकार ताप दिएर चल्ला निकाल्छ
खोलिएको डिम्वा कमजोर मूलुकतिर निर्यात गर्छ
मेरो राज्य
सूनको अफर्सी ठानेर
विकासे वोरा भर्छ र
हुम्ला, जुम्ला, कर्णालीतिर पठाउँछ
जनता भोग, रोगले मृत्यूवोध नगरेर अव
अजम्वरी वनुन् त ?
आफ्नै छानोको दाँती छाड्दै वलेसीमा झरेको पानीमा
म कसरी प्राण अमृत खोजौँ?
मेरो देशको सवै सौन्दर्य पखालिएको छ
म कसरी सुन्दर देखिन सक्छु ?
भित्र सवै मूख्य अंगहरु धराप छन्
म कसरी स्वस्थ्य रहन सक्छु ?
सवै रङ्गहरु रोगी भएर जथाभावी लत्पतिएको क्यानभासमा
ओठमा लाली पोतेर
कपालमा फूर्का लगाएर उठेको कूनै फूल
कति खुल्दछ ?
म अस्वस्थ्य र कुरुप छु
वेढङ्ग, अधर्मि छु
मेरो देशमा म जस्तै नागरिक सुहाउँछ !!!

प्रतिक्रियाहरु