कुकुरले टोक्दा १३ जना घाइते

२०७४ माघ २३ गते, मंगलवार

काठमाडौं, २३ माघ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिबास–१ को चोकबजार क्षेत्र र बर्दिबास–१४ को हटिया क्षेत्रमा सोमबार एकैदिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । कुकुरले टोकेकामध्ये बढीजसो बालबालिका छन् ।
घाइतेको बर्दिबास अस्पताल, शुभस्वस्तिक अस्पताल र जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये आठजनाको घाँटीमा निकै चोट देखिएपछि प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।
कुकुरले धमाधम एकपछि अर्कोलाई टोक्दै गएपछि बर्दिबास बजार क्षेत्रमा त्रास फैलिएको थियो । टोक्ने कुकुरलाई स्थानीयले घेरा हालेर सोमबारै मारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु