‘किलर रोबट’माथि प्रतिवन्ध लगाउन माग

२०७४ भाद्र ७ गते, बुधबार

काठमाडौं, ७ भदौ । गूगलका सहसंस्थापक मुस्तफा सुलेमानसहित १ सय १६ विशेषज्ञहरुले ठूलो परिमाणमा सशस्त्र युद्ध हुन सक्ने भन्दै ‘किलर रोबोट’ (हत्यारा रोबोट)माथि प्रतिबन्ध लगाउन माग गरेका छन । विशेषज्ञहरुले राष्ट्रसंघलाई पत्र लेख्दै सो माग गरेका हुन् । उनीहरुले उक्त रोबोट मानव विनाशको कारक बन्ने दाबी गर्दैै रोक लगाउन माग गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञहरुले उक्त रोबोटको प्रयोग भएमा युद्धमा तेस्रो क्रान्ति हुने चेतावनीसमेत दिएका छन् ।
यसरी किलर रोबोटमाथि प्रतिबन्ध लगाउन माग गर्ने एक सय १६ विशेषज्ञमा अर्बपति एलन मास्क पनि छन् । उनी टेस्लाका सहसंस्थापक र मूख्य कार्यकारी समेत हुन् । त्यस्तै पनि यो सूचीमा छन् ।
राष्ट्रसंघलाई लेखिएको पत्रमा भनिएको छ, ‘एक पटक यसको विकास भइसकेपछि ठूलो परिमाणमा सशस्त्र युद्ध हुन सक्छ, जो अहिलेसम्म भएको छैन । यो मानवीय सोच भन्दा पनि तेज हुन सक्छ ।’
यस्ता रोबोट आतंकवादीले समेत प्रयोग गर्न सक्ने खतरा पनि पत्रमा औंल्याइएको छ । ‘यो आतंकवादीको हतियार पनि बन्न सक्छ, निर्दोषलाई मार्नका लागि आतंकवादीले यसको प्रयोग गर्न सक्छन्, यसलाई ह्याक गरेर भयावह अवस्था ल्याउन सकिन्छ,’ पत्रमा भनिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार