कास्मिरमा गोलाबारी !

२०७६ पुष १० गते, बिहीबार

काठमाडौँ, १० पुष । भारत र पाकिस्तान बीचको सीमाना क्षेत्र कास्मिरमा गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ । बिहीबार कास्मिरको लाइन अफ कन्ट्रोलमा भएकाे गोलाबारीमा पाकिस्तानका सैनिक जवानहरु एन सब कन्देरो र मोहम्मद एसहानको मृत्यु भएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ।
पाकिस्तानी सेना प्रवक्ता मेजर जेनरल मसिफ गफुरका अनुसार भारतीय तीन जना सेनाको पनि मृत्यु भएको छ । तर भारतले भने आफ्ना सेनाको मृत्युबारे दाबी भने गरेको छैन । पछिल्लो समय भारत र पाकिस्तानको सीमा रेखा एलओसीमा भारतीय सेनाले युद्धबिराम उल्लंघन गरेको पनि पाकिस्तानी सेनाको दाबी छ। -एजेन्सी

प्रतिक्रियाहरु