कालापानी बिवादको ऐतिहासिक तथ्य राष्ट्रिय एकता र सुरक्षाको प्रश्न – संसारसेन पृथक

भारतले किन हेप्योभन्दा नेपाल सानो राष्ट्र र भारत ठूलो राष्ट्र भएर कदापी होइन, तीतो सत्य हामीभित्रको दरिलो एकता र भरपर्दो आत्मबिश्वासको कमी हो । राज्य प्रशासन षड्यन्त्र मनपरि चलाउनुले नै हो, करिब ७० बर्षको इतिहास अध्ययन गर्दा राज्य सन्चालन लथालिङ्ग, भताभुङ्ग तरिकालेनै चलेको छ । त्यहीँ अराजकता र अकर्मण्यताको फाइदा लिएर भारतले हाम्रो स्वाधीनता माथि बेलाबेला हस्तक्षेप गरेको हो । हरेक राष्ट्रको राष्ट्रियता भौगोलिक अखण्डता र सार्बभौमसत्ता स्वतन्त्रताको आफ्नै मौलिक तथ्य र सत्यता हुने गर्दछन्, जसका ऐतिहासिक खोज अनुसन्धान गर्ने मानव समाजको ऐतिहासिक तथ्यांक अनिवार्य पर्दछ र हुनुपर्छ । हाम्रोजस्तो स्वतन्त्र र सार्बभौमसत्ता सम्पन्न राष्ट्र नेपाल यतिबेला मात्रै होइन । इतिहासमा सयौँ पटक त्यस्ता समस्याहरु उत्पन्न हुँदै आएको हो । उत्तरतिर बिशाल चीन र दक्षिण भारत छ, हाम्रा सीमा बिवाद दुबैतिर त्यतिकै उठिरहेका छन् । लिपु, लिम्पियाधुरा, कालापानी मात्रै होइन । धेरै भूभागमा हाम्रो राष्ट्रियतामाथि आँच आउने खालका गतिविधि दक्षिण भारतबाट धेरै हस्तक्षेप गरेको तितो सत्य हो । तत्काल यतिबेला उत्पन्न समस्या कालापानी क्षेत्रको हो । त्यसैलार्ई मध्यनजर गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत गम्भीर छलफल उठिरहेको छ, जसको ऐतिहासिक तथ्यहरु जानेजती पेश गर्नु हामी नेपाली नागरिकको कर्तव्यबोध र जिम्मेवारी हो ।
कालापानी खास कुन हो ?
हामीले जन्मेदेखी नमर्दासम्म एउटा कुरा बारम्बार याद आउनु जरुरी छ । हाम्रा पुर्खा जन्मिदा पुर्खाको नाभी रोपिएको माटो हाम्रो हो । त्यो नै अटुट राष्ट्र हो, त्यसैले भनिएको हो, जननी जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ । हामी भारतसँग बार्ता गर्छौ भनेर खुब चिल्लाउँछौ । सरकारले बार्ताको लागि आवश्यक कागजात र तथ्य कतिसम्म तयारी ग¥यो, त्यो महत्वपूर्ण कुरा हुन्छ । नेपालको इतिहासमा सरकार र बाहिर बसेर राजनीति गर्ने राजनीति दल सबैमा गम्भीर समस्या देखिन्छन् । देशमा नेपालको गलत इतिहास सिकाउनु गलत नक्सा छाप्नु राजनीति पार्टीको प्रतिबेदनमा समेत गलत नक्सा अध्ययन गरेर लेखिनु अत्यन्तै गम्भीर त्रुटी भएका छन् । जनगणनाका कागतजात समेत सुरक्षित नरहनु जस्ता कैयन समस्या छन् । कुन सत्य हो, कुन असत्य हो, बुझ्न जरुरी हुन्छ । अहिले भारतीय सेनाले क्याम्प खडा गरेर बसेको र कृत्रिम नामाकरण गरेर मानव निर्मित पार्बती ताल र पार्बती मन्दिर र कृत्रिम पार्बती तालबाट बग्ने पानीलार्ई महाकालीको उद्गम मुहान कालापानी हो भनेर सारा नेपालीलार्ई आखामा धुलो छर्ने काम भारतीय पक्षले गरेको छ । ‘खा’ लार्ई कालीनदी र तिल्सिलाई कालापानी भनेर गरिएको काल्पनिक प्रचारले वास्तविक कालापानीको तथ्यलार्ई नामेट बनाउने दुष्प्रयास गरेको छ । नेपालको राष्ट्र प्रमुख र नगरपालिका बोर्ड कार्यलयमा समेत त्यहीँ नक्सा झुन्ड्याउनुले राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतामा बैमानी गरेको कि भन्ने प्रशस्त शंका उब्जिनु स्वभाबिक छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा महाकाली नदीको मुहान र महाकालीको पश्चिमी तटसम्म नेपालको भूभाग हो भनेर स्पष्ट भनिएको छ । अहिले महाकालीको मुहान लिम्पियाधुरा हो भन्ने तथ्यलार्ई छिपाउन खोजिएको स्पष्ट देखिन्छ । नेपाल भारतबीचमा ब्यास भनिने महाकाली नदीको उपल्लो उपत्यकाम पर्दछ जहाँ सौका समुदायको बसोबास भएको छ । भारतले उत्तराखण्ड पिथौरागढमा पर्ने ग्राबेड जो छोटा बेलायती भनेर चिनिने पौराणिक बस्तीलाई मेटाएर नेपालको भूभागमा पर्ने गब्र्याङ गाउँलार्ई ग्राबेड साबुत बनाउने दुष्प्रचार गरेको पाइन्छ । छाङ्गरु नाभी कुटी गुन्जी लिम्पियाधुरा लिपुलेक सबै कालापानी क्षेत्रभित्र पर्ने भूगोल नेपालको भएको तथ्य पुस्टि हुने ऐतिहासिक आधार सुगौली सन्धिको धारा पाँचमा लेखेको कुरा कालापानीदेखि पश्चिम नेपालको राजाले हस्तक्षेप गर्न नपाउने भनेर स्पष्ट लेख्नाले लिम्पियाधुरा कालापानी सबै नेपालको हो भन्ने तथ्य साबित गरेको छ । कालीनदीको मुहान लिम्पियाधुरा हो । अर्को धार्मिक ग्रन्थको तथ्य स्कण्दन पुरानमा कैलाश ख्ण्ड महात्मय जुन उत्तर तिब्बत मानसरोवर कैलाश पर्बत भनिएको छ । उत्तराखण्ड महात्मय जो भारतको पिथौरागढ आसपासका भूगोललाई भनिएको पाइन्छ भने नेपाल खण्ड महात्म्य जो छोटा कैलाश भनेर चिनिने लिम्पियाधुरा कुटि पार्बती ताल र पार्बती मन्दिर पौराणिककालदेखि यथावत् छन् । त्यसलार्ई तोडमरोड गरेर ‘खा’ लार्ई कालिनदी र तिल्सिलाई कालापानी भनेर कृत्रिम ताल, मन्दिर र पानीको मुहान बनाएर छल्ने कोसिस गरिएको हो । प्रमप्रादेखी बस्दै आएका सौका थरका ब्यास समुदायले भन्ने गरेको खास कालापानी लिम्पियाधुराबाट बग्ने पानीको मुहानलाई काली र त्यसैबाट निर्मित प्राकृतिक ताललाई पार्बती ताल भन्ने गरेको पाइन्छ । अहिले भारतले भन्ने गरेको काली र कालापानीलार्ई ब्यासी सामुदायले ‘खा’ यान्दी भन्ने गरेको ऐतिहासिक तथ्यहरु छन् । अर्को तथ्य छाङ्गरुका इहु पङ्तिकारले नैनिताल हाइस्कुल पढ्दा कुटि पार्बतिताल कालापानी लिम्पियाधुरा लिपुलेक क्षेत्रको छुट्टै नक्सा निर्माण गरेको र पिथौरागढ दार्चुलादेखि भारतको नक्सा निर्माण गरेको अहिलेसम्म जर्मनी भूगर्भ अध्ययन शास्त्रीसग रहेको तथ्य छन् । त्यतिबेला अध्ययनको सिलसिलामा आग्रा, लखनउ, नैनिताल र मुरादावादमा अध्ययन गरेर पास गरेका गुन्जी नाभि कुटि छाङ्ग्ररुका बिद्यार्थीहरुको प्रमाणपत्रमा समेत बसोबास नेपाल किटान गरिएको छ । २०१८ सालको जनगणना समेतलार्ई एउटा दरिलो आधार मान्न सकिन्छ । २०२४ साथमा कृतिनिधि बिष्टले २४ चेकपोस्ट हटाउँदासमेत कालापानीमा भारतीयहरुले तिब्बती धर्मावलम्बीले भारतमा थप समस्या उत्पन्न हुनसक्ने खतरा सुनाउँदा केही समयको लागि नहटाइएको प्रतिक्रिया सुनाएका थियो । भित्री रहस्य के हो ? यथार्थमा नआए पनि कुनै पनि शासकले राष्ट्रको भौगोलिक अखण्डतामा आँच आउने क्रियाकलाप गर्न पाइदै, पंखामा नेपाली गब्र्याङबासीको खेतबारी भएको जग्गाधनी तमसुक पनि भएको पाइन्छन् । २०१८ सालदेखि २०२३ सालसम्म घर कर, जग्गा कर खर्कको समेत तिरो नेपाली तालुकदारलाई बुझाएको तथ्यांक छ । सुगौली सन्धि पछि भारतीय लेफ्टिनियनसँग जग्गाको तिरो बुझाउन जाँदा उनीले अब तिमीहरू नेपाली राज्यको मातहतका भएका छौ, उतै बुझाउनु यता बुझाउनु पर्दैन समेत भनेको पाइन्छ । कुटि गब्र्याङ नाभि गुन्जी छाङ्ग्रुङ आदि गाउँमा तालुकदार समेत नेपालको सरकारले तोकेको तथ्य छन् । जतिजति नेपालको तर्फबाट कालापानी विवादको बारेमा ढिलासुस्ती हुन्छ । त्यति–त्यति भारतीय पक्षले र त्यसका खुपिया एजेन्सीले हाम्रा भरपर्दो तथ्यहरु मेटाउन कोसिस गरेको देखिन्छ । सबैलार्ई यो कुरा अबगत हुन जरुरी छ कि लिपुलेकबाट बगेको खा याङ्दी अर्थात तिल्सिनदी खास कालापानी नभएर लिम्पियाधुराबाट बगेको खास कालापानी हो ।
सबैभन्दा पहिले कालापानीमा भारतीय सेना किन राखिएको हो, त्यो जान्न जरुरी छ सन् १९५९ म तिब्बती धर्मगुरु भारत पलायनपछि तिब्बती धर्मावलम्बीहरु लिलोङ तिङकर र लिपुलेक भएर भारत पलायन हुने गरेको र त्यसैलार्ई रोक्न नेपाली शासकसँग सुरक्षाको कारण देखाएर केही समयसम्मको लागि कालापानीमा भारतीय चेकपोस्ट राख्न दिने सम्झौताअनुसार भारतीय चेकपोस्ट राखिएको पाइन्छ । सन् १९६२ को भारत–चीन युद्धपछि १९६५ देखि भारतले नक्कली कालापानी नक्कली पार्बतिताल र नक्कली मन्दिर थापना गरेर धुलो छर्ने गरेको पाइन्छ । त्यसपछि सालमा भएको महाकाली सन्धिमा महाकालीको मुख्य मुहान् लिम्पियाधुराबाट बगेको खास कालापानीलार्ई छुपाएर लिपुबाट निक्लेको खा याङ्दी हुँदै तिल्सी नदिलाई कालापानी बनाउनेतर्फ कालापानी र तिल्सिनदिको दोभानबाटनै पूर्बीतर्फ मोडन खोजेको पाइन्छ । त्यतिबेलाका महाकाली सन्धिको अगुवाई गर्ने सबै राजनीति दलहरूले यसको नैतिक जिम्मेवारी लिनुपर्छ जसअनुसार कालापानी र तिल्सिनदिको दोभानबाट पूर्बी तिल्सितिरको नक्सा नभएर कालिनदीको नक्साअनुसारको मुहान खोजी गरे । कालिनदिको मुहान लिम्पियाधुरा र महाकालीको उद्गम लिम्पियाधुरा भएको स्पष्ट पुष्टि हुन्छ । संवत् अहिले भारतले कब्जामा राखेको सम्पूर्ण भूभाग नेपाल आउने हुन्छ ।
नेपाल सरकार र राजनीति दलको समस्या
हाम्रो देशमा कालापानी हाम्रो होइन भन्ने एकजना पनि छैन । सबैले कालापानी हो भनेका छन्, बिडम्बना कालापानीमा भारतीय सेना बसेको छ । नेपालको भूगोलबाट भारतीयसेना हटाउन उच्च तहबाट थालिने राजनीति तथा कुटनैतिक अभियान कत्तिको तयारी गरिएको छ । त्यो कुरा महत्वपूर्ण हो, उच्चस्तरीय बिज्ञहरुको टिम नापजाँच शाखा डिजिटल प्रबिधि प्राबिधिक टोली इन्जिनियर सबैभन्दा पहिले बैचारिक हतियार मजबुत छ छैन, त्यो महत्वपूर्ण कुरा हो । नेपाल सरकारले थाल्ने उच्चस्तरीय राजनीति अभियान हो । जितेर फर्किने कुरा सरकारले गर्ने तथ्यांक र तयारी हो । सुगौली सन्धिको धारा पाँचअनुसार नेपालको सिमाना महाकाली र कालापानी भन्नेभन्दा पनि कालापानीदेखि नेपाल नेपालले पश्चिम हस्तक्षेप नगर्ने भनेर भनेको छ । त्यस्ता दरिलो तथ्यांक हुँदाहुँदै यो सरकार र त्यसको सैद्धान्तिक नेतृत्व गर्ने राजनीति पार्टीका कार्यकर्ताले कुनै बेला नारा लगाउँथे, महाकाली साझा हो, पानी आधा आधा हो भनेर त्यस्त दरिद्र राजनैतिक सिद्धान्त र सरकारले कालापानी लिम्पियाधुरा नेपालको बनाउन सक्ने क्षमता कमै राख्छन् । अर्को कुरा सरकारमा मन्त्रीमा र तिनका मन्त्रालयका सल्लाहकार सचिव पढे–लेखेका र जाने बुझेका बिज्ञ होइन, नेताको लामो समयसम्म बफादार झोला बोकेकाहरु भित्र्याउने परिपाटीको कारण सोचेअनुसार परिणाम निकाल्न सक्दैनन् । आफ्नो भनेको मान्नेलाई जिम्मेवारी दिइन्छ भनेको जान्नेलार्ई जिम्मेवारी दिइँदैन । त्यसैले नेपालले इतिहासका सयौं कालखण्डमा भनेजस्तो परिणाम निकाल्न नसक्नुको मुख्य कारण हो । आधुनिक नेपाल र ग्रेटर नेपालको नक्सा आधुनिक नेपालको मानव बस्ती धर्मग्रन्थ स्कन्दन पुराणदेखि बैज्ञानिक डिजिटल प्रबिधिमा राम्रोसँग दख्खल नभएका उनै पार्टीको सिद्धान्त घोक्नेलाई साथमा लगेर उच्चस्तरीय कुटनैतिक तयारी गर्न थालियो भने उहीँ काउलीमा मुलाको कलमी गरेको जस्तो न त जरा खान मिल्ने न त पात खान मिल्ने बन्न सक्छ । राजनीति सिद्धान्तमा भिन्न मत राख्ने भए पनि स्वाधीनता सार्बभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउनु सबै नेपालीको लागि निर्मम एकताको जरुरी बन्छ । सरकारले यो मेरो बिरोध गथ्र्यो, त्यसैले यसलाई साथमा लिनु हुन्न भन्ने सोच र सरकार बाहिरका राजनीति पार्टीहरुले पर्ख र हेरको सिद्धान्त अपनाउनु दुर्भाग्य हुनेछ ।
राष्ट्रिय एकताको जरुरी किन ?
जतिबेला देशमा अत्यन्तै संबेदनशील घटनाको सुरुवात हुन्छ । त्यतिबेला हामी सारा नेपाली एक हुनुनै राष्ट्रिय एकताको रुप हो । हामी जबसम्म एकताका लागि तयार हुँदैनौँ । तबसम्म बिरोधीहरुले भौगोलिक, सामाजिक, सस्कृतिक र धार्मिक हिसाबले हस्तक्षेप गरिनै रहन्छन् । बोलेर राष्ट्रवादको जगेर्ना गर्न सकिँदैन भन्ने कुरा धेरै बिलोपिकरण भएका राष्ट्रहरुको इतिहास हेर्न सकिन्छ । हातले बारम्बार भारत असली छिमेकी राष्ट्र हो भनेर बुझ्ने ग¥यौं, त्यहीँ भित्र भारत संस्कृतिक राष्ट्रवाद र बिस्तार साम्राज्यवादी राष्ट्र हो भन्ने कुरा नबुझ्नु नेपाली राजनीतिमा गम्भीर सैद्धान्तिक भुल हो । नेपाली राजनीतिमा निर्मम सच्याइको बिषय बनेको छ । हरेक राजनीति दलको सैद्धान्तिक आन्तरिक बहसमा बाहिर आउनु जरुरी छ । आफ्नो बिरोधीको चाल बुझ्न नसक्ने कुनै पनि राष्ट्रवाद वा सैद्धान्तिक चिन्तन राष्ट्रवाद हुन सक्तैन । तथ्य प्रमाणबिनाको हस्तक्षेप गर्ने कुनै पनि शक्ति राष्ट्र किन नहोस् तर जतिसुकै सानो निर्बलियो राष्ट्र किन नहोस् जित सत्यको नै हुन्छ । हामी हाम्रा तथ्यांकअनुसार अगाडि बढ्न जरुरी हुन्छ सत्ता पक्षले र प्रतिपक्षीले सरकारले मात्रै तथ्य जुटाउन नसकेपछि नागरिक बौद्धिक ब्यक्ति अभिलेख अबगत भएका सबैलार्ई राष्ट्रिय एकताको र भौगोलिक अखण्डताको चासो चिन्ता हुनुपर्छ । हाम्रो पुर्खाले छोडेर गएको नासो त्यो हो, जहाँ आँशु रगत पसिनाको अनुपम उपहार स्वरुप साचेर राखेको भूगोल जहाँ जन्मिदा पहिलो नाभि गाडिएको हो । नमर्दासम्म पसिना रोपिएको छ, जसलाई आज हामीले हाम्रो राष्ट्र भनेर भन्न पाएका त छौ, त्यसैले एकताको अनिवार्य छ ।
कालापानी क्षेत्रमा हाम्रा समस्या के हुन्
गाँस, बाँस, कपास, शिक्षा स्वास्थ, रोजगार र सुरक्षाको हरेक राष्ट्रको सरकारले निर्वाह गर्नुपर्ने कर्तव्य हुन्, जहाँ राष्ट्रिय अखण्डतामा समस्या देखिन्छ । त्यहाँ सरकारको ध्यान जान जरुरी हुन्छ सायद लाग्छ नेपालका लिपुलेक, लिम्पियाधुरा कालापानी बिकास र सुरक्षाको बारेमा कहिले कतिबेला कति आर्थिक बजेट छुट्यायो, त्यो समस्या के हो, बुझ्यो बुझेन, गम्भीर कुरा छ । हामीले सामरिक महत्व बौद्धिक तवरले कति बुझ्ने कोसिस गर्छौ भन्ने हो कालापानी बिकास शिक्षा र स्वास्थ अनिवार्य छ । पानी जहाजभन्दा पनि पुस्ताको लागि लिपुलेक, लिम्पियाधुरा, कालापानीको भबिष्य युरोप ब्यापार जोडिएको बिषय हो, जलमार्गमा गर्ने जति नेपालको खर्चले कालापानी सिङ्गार्न सकियो भने एसियाली मुलुकमा १ नम्बर बिकासको ढोका खुल्ने छ । यहीँ कुरामा चलाखी गरेर भारतले बलमिचाइ गरेको हो । बिगतदेखि अहिलेसम्म बनेका नेपाली सरकारले सामरिक महत्वको सामथ्र्य राख्न सकेको छैन ।
नेपाल र नेपालीको सुरक्षाको प्रश्न
हामीले जतिसुकै बेला हेर्छौ बेलाबखत भारतीय सिमा र नेपाली सिमा सुरक्षासम्बन्धी विवाद आइरहेको हुन्छ । नेपाल सरकारले मौनता प्रकट धेरै बोलेपछि दुःख ब्यक्त गर्छु भनेर बोल्छ । हामीले आफ्नो गाँस काटेर सरकारलार्ई हजारौं कर बुझाउनु परेको छ । त्योअनुसार नेपालको सरकारले नेपाली सेना, सशस्त्र पुलिसलार्ई सिमा सुरक्षा राखेको इतिहास छैन । सेनामा जागीर खायो, सलामी दियो, पेन्सन पकायो, घर फर्किन्छ, हाम्रो सिमाको सुरक्षा केबल निर्जीव सिमेन्ट सरियाले बनेको जङ्गेपिलरको भर परेर यो गति भएको तितो सत्य हो । बिकास पब्लिकले गर्ने हो, सेना, पुलिसले राष्ट्र र जनताको सुरक्षा गर्नुपर्छ । त्यसैले उत्तर, दक्षिण, पूर्व र पश्चिम अनिवार्य सैनिक क्याम खडा गरेर उच्चस्तरीय कुटनैतिक बार्ताको थालनी गर्नु उचित हुन्छ । अर्कोतिर खुल्ला सिमानाको कारण नेपाल भारत बारम्बार विवाद उत्पन्न हुन्छ । तत्काल उच्चस्तरीय राजनीति छलफल गरेर सिमाना सिल गरेर निश्चित नाका प्रयोगमा ल्याउन पहल थाल्नु जरुरी छ । यसमा पनि राष्ट्रिय एकता सहमति र सहकार्य अनिवार्य छ । खुल्ला सिमालार्ई नियन्त्रण गर्नसक्ने हो भने बेलाबेलामा भारतले झिक्ने बखेडा र नेपालमा हुने गुन्डागर्दीमा समेतलार्ई नियन्त्रण गर्न सकिन्छ । कालापानीसँगै नेपालको सार्बभौमसत्ता भौगोलिक अखण्डतामा र स्वाधीनता स्वतन्त्रतामा भैपरिआउने सबै समस्याको समाधान एकै पटक हुने देखिन्छ र हुनुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>