कालापानीको आन्दोलनले राष्ट्रियता सुदृढ हुने संकेत- झपेन्द्रराज बैद्य

दार्चुला जिल्लाको कालापानी हाम्रो हो । लिपुलेख र लिम्पियाधुरा हाम्रो हो । सुगौली सन्धी(१८१६) पूर्व र पछि पनि कालापानी हाम्रो हो । नेपालको सार्वभौम भूमि नेपालीको शान र मान हो । कसैले दिएर दिन सकिन्न यो । यही भूमिमा पूर्खाको रगत मिसिएको छ । लखन थापा, भक्ति थापा, अमर सिं, बलभद्र कुँवर, भिमसेन थापा आदि महान सपुतहरुले आर्जेको देश हो नेपाल । सिक्कीम जस्तो कुनै लेण्डूपेले नेपाली माटो बिकाउन सक्दैन । बीर गोर्खाली बरु मर्न तयार छन् तर देश दिन सक्दैनन् । इतिहासले प्रमाणित गरेको छ । नालापानीले साबित गरेको छ ।
नापी निर्देशक बुद्धि नारायण श्रेष्ठ अनुसार कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रको ३७२ ब.कि.मी. भू–भाग भारतद्वारा निर्मित नक्शामा हराएको छ । यी क्षेत्रहरु भारतको नक्शामा गाभिएको छ । भारतले एउटा बिज्ञप्ती मार्फत स्पष्टीकरण दिइसकेको छ कि लिपुलेख, लिम्पियाधुरा र कालापानी भारतको अभिन्न सार्वभौम क्षेत्र हुन् । भारतले नेपालको भू–भाग अतिक्रमण गरेको नक्शाबाट देखाएर प्रमाणित गरिसकेको छ । यसले घाउमा झन नूनचुक लगाइदिएको छ । स्मरण रहोस कालापानीको क्षेत्रमात्र ६२ ब.कि.मी. छ । १९६२ देखि कालापानीमा भारतीय अर्धशैनिक बल ब्यारेक बनाएर बसिरहेको छ । त्यतिसम्म कति प्रधानमन्त्री फेरिए कति ? कति महाकालीको पानी बग्यो कति ? सबै चूपलागेर बसे । चूपमात्र लागेनन् सत्ता बचाउन दलाली गरेर बसे । अहिले आएर जनताबाट फीडब्याक भएपछि मात्र राजनैतिक दलहरुले आँखा खोले । आँखा त खोले तर नारा जुलूस लगाएर हिड्न ठीक छैन भनेर मालिकको भक्तिभाव देखाए । चारैतिरबाट घेरिएपछि सर्वपक्षीय, सर्वदलीय बैठक बस्न बाध्यभए । यो राम्रो पक्ष हो । तर छलफलमा स–साना दलहरु अटाउनसकेनन् । देश त सबैको साझा हो । अहिले नागरिक समाज, दलहरुका भातृसंगठनहरुले सडकमा बिरोध जनाइरहेको अवस्था छ । बिद्रोही शक्तिले आफ्नै किसिमले कार्यक्रम राखी सडकहरु तताइरहेको अवस्था छ । तर सरकार डराईरहेको छ । बिद्रोही पक्ष र अन्य पार्टीका भातृसंगठनका कार्याकर्ताहरुलार्ई धमाधम थुनिराखेको छ । आन्दोलन त गर्नुपर्छ तर शान्तिपूर्ण गर्नुपर्छ । मौकामा हीरा फोर्नुपर्छ । अहिले गर्न नसके पछि उकालो पर्छ । यस संबेदनशील अवस्थामा सरकारले सबै तहसँग सहकार्य गर्नुपर्छ । दमन गरेर कहिल्यै दीगो शान्ति हँुदैन ।
हामीले छिमेकी देशसँग मित्रता राख्नुपर्छ । तर अन्यायमा निहुरेर होइन । शान्तिपूर्ण तरिकाले वार्ता र संवादबाट भारतसँग संवाद गर्नुपर्छ । शान्तिपूर्ण तरिकाले हुन नसेमा अन्र्तराष्ट्रिय अदालत हेगमा जानुपर्छ । ढिला भएमा स्थिति गंभीर हुने सम्भावना हुन्छ । जनता सबभन्दा ठूला हुन । देशका लागि जनताले ज्यानदिन तयार हुन्छन् । नाकाबन्दी लगाए पनि चीनले हामीलार्ई सपोर्ट गर्नसक्छ । राष्ट्रसंघले सहयोग गर्छ । आजसम्म नेपालीहरुले सहदै आएका छन् । सहनुपनि हद हुन्छ । देशको २६ जिल्लामा ३६१ ठाउँहरुमा भारतले हस्तक्षेप गरिरहेको छ । यस मध्ये ८४ ठूला पर्छन् । ६१ हजार हेक्टर जमीन भारतले कब्जागरेको छ भने के गरेर हामी पूर्ण सार्वभौम ? सके त पश्चिम काँगडादेखि पूर्वमा टिस्टासम्म गुमेको भू–भाग ल्याउने सपना हुनुपर्छ । तर कालापानी, लिपुलेख त २०१५ सालको निर्वाचनमा रेकर्ड भएको ठाउँ हो । २०२८ सालको जनगणनाको तथ्यांकमा समाबेश भएको ठाउँ हो । गुगल नक्शामा पनि हेर्न सकिन्छ नेपाल ।
लिपियाधुरा काली नदीको मूहान हो । जसलार्ई कालापानी नदी पनि भनिन्छ । यस नदीको वारी नेपाल पर्छ भने पारी भारत । तर भारतले नेपालतिर नयाँ कृतिम नदी तयार गरेको छ । यसलार्ई काली नदी भन्ने नाम दिएको छ । खाश सीमा भनेको कुटियाङ्दी नदी हो । यहीनै काली नदी हो । २०५३ । २०५४ मा पूर्व एमालेले काठमाण्डौदेखि कालापानीसम्म मार्चपास गरेको हो । कालापानी पुग्नुभन्दा ७ कि.मि. अगाडि नेपालको झण्डा गाडेर आएको हो । त्यसपछि त्याहाँ गोर्खा रेजिमेन्ट खटाइएको हो । १८१६ को सुगौली सन्धी खारेज भएको कुरा १९५० को सन्धीको धारा ५ मा लेखिएको छ । १९५० को सन्धी अनुसार भारतले नेपाललार्ई ६० हजार बर्ग कि. मी. भू–भाग फिर्तादिनुपर्छ ।
सीमा अतिक्रमणबाट नवलपरासीका सुस्ताबासी धेरै पीडित छन् । त्याहाँमात्र १४ हजार हेक्टर जमीन भारतले अतिक्रमण गरेको छ । सीमापिलरहरु हराइरहेका छन् । बिराटनगर इलाम सन्दकपूरमा निर्माण भैरहेको आवास गृह भारतीय सुरक्षा कर्मीले रोकिदिएको छ । मोरंगको दशगजा मिचेर भारतले सडक बनाएको अवस्था छ । प्रदेश नं.१ को ६ जिल्लाहरुमा भारतले मिचेर चेकपोष्ट र टहराहरु निर्माण गरेको छ । सर्लाहीका किसानले भने अनुसार उनीहरुले दिनभर रोपाइँ गर्छन । धानपटाउँछन् । भोलिपल्ट भारतले धानकाट्छ । बोर्डर वारी आएर भारतीय सुरक्षा कर्मीले किसानहरुलार्ई कुटपिट गरिरहेका हुन्छन् । सप्तरीमा पनि बेहाल छ । ३५० सीमा स्तंभ हराइरहेका छन् । कालापानी भएको एकमात्र प्रहरी चौकी हटाइएको छ । प्रहरीहरु सदरमुकाम आएर बस्छन् । सीमामा सुरक्षा चौकी छैनन् । प्रहरीहरुको उपस्थिति छैन । खुला सीमाले गर्दा तस्करी भैरहेको अवस्था छ । कस्तो बिडम्बना ? एउटा नेताले ७०–७५ सुरक्षाकर्मी पाउँछ तर देशले पाउन सक्दैन । सामान्य सीमा बिवाद त अरु देशमा पनि हुन्छ तर एउटा क्षेत्रलार्ई नक्शामा गायब पार्ने कुरा कह्ँि नभएको जात्रा हाँडि गाउँमा झैं भएको छ । हस्तक्षेप बिरुद्ध लड्ने देशभक्तलार्ई जेलमा कोचिन्छ । कञ्चनपुरमा मारिएका गोबिन्द गौतमको परिवारको लागि अझै क्षतिपूर्ति दिइएको छैन । देशका पहरेदार भनेको सीमा क्षेत्रका जनता हुन् । उनीहरुलार्ई प्रोत्साहन र हौशला दिनुपर्छ । क्रमश. काँडेतारले सीमा सिलगरिनुपर्छ । चेकपोष्ट र हटलाईन सञ्चार माध्यम हुनुपर्छ । भारतले कार्तिक १६ गते नै लिपुलेख, लिम्पियाधुरा र कालापानी आफ्नो नक्शामा समाबेश गरेको कुरा सार्वजनिक गरेको थियो । तर नेपालले आजसम्म यी क्षेत्रहरु नेपालका हुन भनेर अधिकारिकरुपले भन्न सकेको छैन । यही कुरा आफ्नै स्थायी समितिका सदस्य बताउँ छन् । लिम्पियाधुरालार्ई नेपालले आजसम्म नक्शामा राख्नसकिरहेको छैन । जुन अहिले भारतको नक्शाभित्र परेको छ । भारतबाट नेपाल ठगिदै हेपिदै आएको छ । प्रतिकृया नगरेर सहदै सहदै आएकोले अहिले थप्पड दिएको छ भारत । राजनीतिमा थप्पड कालापानी । कालापानी नेपालीको दानापानी । बिकट क्षेत्रमा भए पनि महत्वपूर्ण भाग हो कालापानी । यो एउटा टा«न्जीट हो जहाँबाट चीनसँग ब्यापार गर्न सकिन्छ । सन् २०१५ मा चीन र भारतबीच संझौता भएको थियो । तर नेपाल बेखबर थियो । नेपाली जनताबाट बिरोधका स्वरहरु उठे । परिणाम स्वरुप उक्त संझौताबाट चीन पछाडि सरेको हो । नेपालले भारतसँग धेरै असमान सन्धी गर्न बाध्य भएको छ । टनकपूर असमान सन्धी गिरिजाले गरे भने महाकाली सन्धी एमालेले । परिणामस्वरुप बामदेब गौतम पार्टीबाट बाहिरिने अवस्था आयो । यस्तै नेपालको हीत बिपरित उपल्लो कर्णाली, अरुण ३ जस्ता धेरै असमान सन्धीहरु भएका छन् । भारतबाट नेपाली राजनीति उतार चढाब हुन्छ । उसको असली चाबी हो सडक । उसलार्ई चित्तबुझेन भने नेपालीले नाकाबन्दीको सास्ती खेपनुपर्छ । धेरै पटक नाकाबन्दीको तीतो अनुभूति नेपालले गरेको छ । भारतसँग जोड घटाउ मिलेन भने मन्त्रि, प्रधान मन्त्रिको पदबाट समेत हात धुन्छन् नेताहरु । देशको सोझो भन्दा भारतको सोझो गर्नुपर्छ । यसैलार्ई त दलाल राजनीति भनिन्छ । कालापानीमा भारतीय सेनाको क्याम्प र मार्चपास । यो भन्दा अर्को के हुनसक्छ ? आज कालापानी मा आयो भने यही गतिले भोलि काठमाण्डौ पनि आउनसक्छ । यसैले नेपाल सिक्कीम नबनोस् । सतर्क रहनुपर्छ । नेपाल एउटा सार्वभौम देश हो । यो स्वतन्त्र छ । स्वतन्त्र हुनुपर्छ । पृथ्बीनारायण शाहदेखि झुकदै नझुकेको देश हो नेपाल । तर पछि दलीय व्यवस्थामा लोभ र लालसाले भारतको काखीमा च्यापिदै आएको छ नेपाल ।
नेपाल सानो छ । सुरक्षा अंग पनि सानो छ । बिज्ञानमा पछि परेको छ । नेपालले भारतसँग लड्नजानु आगोमा पुतली परेजस्तो होला तर हात्ती र बाघ एउटै हुँदैनन् । हीरा साना हुन्छ तर मूल्य ठूलो हुन्छ । के भियतनामले अमेरिकालार्ई हारथाक पारेको होइन ? के भियनजुएलाले अमेरिकासँग जुधेर आफ्नो सावैभौम सत्ताा कायम राखेको छैन ? के उत्तर कोरिया साम्राज्यवादी अमेरिकासँग झुकेको छ ? अब यस संकटको घडीमा सबै राजनैतिकदल, संघसंस्था बिद्यार्थी र देशभक्तजनता राष्ट्रियताको पक्षमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ । सहमतीबाट नभए सडक नै मूख्य हुन्छ । कालापानीको बिषयले नागरिकहरुमा राष्ट्रियताको भावना जगाई रहेका छ । राष्ट्रियता अझ सुदृढपार्ने छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>