काठमाडाैँ , १ मंसिर । उत्तरी सिरियाको अल–बाब शहरमा कार बम हमला हुँदा १८ जनाको मृत्यु भएको छ । टर्की–नियन्त्रित क्षेत्रमा भएको हमलामा मारिनेहरुमा अधिकांश सर्वसाधारण छन् । बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले घटनामा अरु ३३ जना घाइते भएको र केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ । बम शहरको बस तथा ट्याक्सी पार्किङ स्थलमा बिस्फोट गराइएको थियो । टर्की र सिरियाभित्र सक्रिय समूहहरुले उत्तरी सिरियाका विभिन्न इलाकामा सन् २०१६ देखि नियन्त्रण कायम गरेका छन् । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । सन् २०१७ को फेब्रुअरीमा इस्लामिक स्टेट समूहको कब्जामा रहेको यो नगर क्षेत्रलाई टर्कीको सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो । -एजेन्सी
अन्तर्बार्ता

जनपक्षीय कार्यबाट अत्तालिएर गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो – चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी
० हालै तपाईं गिरफ्तार परेर छुट्नुभएकोे छ,के कारणले गिरफ्तार पर्नुभएको थियो ? हाम्रो संगठनको मुख्य अगुवाईमा नेपालका ११ विद्यार्थी संगठनले विगत एक वर्षदेखि- ...
थप पढ्नुहोस्बिज्ञापन
Connect to Facebook
Add Banner