कान नसुन्ने सेताे बिरालोले गर्नेछ यसपालिकाे विश्वकपमा भविष्यवाणी !

२०७५ जेष्ठ २८ गते, सोमबार

काठमाडौं, २८ जेठ । यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे । ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् । मुसा भगाउने प्रयाेजनका लागि रुसको सेन्ट पिटर्सबर्गको ‘हर्मिटेज’ म्युजियममा उक्त बिरालाेलार्इ राखिएकाे छ । साे म्युजियम क्षेत्रमा ६० वटा बिराला राखिएकाे बताइन्छ, जसमध्ये अकिलिजलाई विश्वकपको भविष्यवाणीका लागि छनोट गरिएकाे हाे ।
यसरी हुनेछ भविष्यवाणी
विश्वकपका हरेक खेलपूर्व उक्त बिरालाेमार्फत भविष्यवाणी गराइनेछ । खेलका प्रतिस्पर्धी टिमको झण्डा र रङसहितका दुईवटा भाँडामा खानेकुरा राखिनेछ र बिरालाेले एउटाको खाना छानेर खानेछ । जुन टिमकाे झण्डा भएकाे भाँडाेकाे खाना बिरालाले खानेछ, साेही टिम विजेता बन्ने भविष्यवाणी गरिएकाे मानिनेछ । अकिलिजको क्षमताकै कारण यस कार्यका लागि छनाैट भएकाे हाे । कान नसुन्ने भए पनि उसमा सही चयन र विश्लेषण गर्न सक्ने क्षमता र असामान्य व्यवहार रहेकाे बताइन्छ ।
हर्मिटेज म्युजिमकी प्रमुख मारिया खल्टुनेका अनुसार कान सुन्न नसके पनि उक्त बिरालाेमा अनुमान लगाउने शक्ति प्रभावकारी नै रहेकाे छ । सुन्न नसकेपछि उसकाे ध्यान सजिलै भङ्ग नहुने हुनाले पनि भविष्यवाणी सफल भइरहेको मारियाकाे भनाइ छ ।
यसअघि सन् २०१० को विश्वकपमा पनि ८५ प्रतिशत गेमको उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे सही भविष्यवाणी गर्दै अत्यधिक चर्चा कमाएको थियो ।
यसपटककाे विश्वकपका लागि छनाैट भएपछि याे बिरालाे पनि एकाएक सेलीब्रेटी भएकाे छ, अहिले दैनिक सयौँ मानिसहरुले उसको तस्बिर खिचेर लैजाने गरेका छन् । अकिलीजलार्इ ‘फ्यान आइडी’ प्रदान गर्ने निश्चित भइसकेको छ । यसका लागि विशेष कागजात समेत तयार भइसकेको बताइएको हो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु