‘कान्तिपुरले भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गर्यो ‘

२०७६ जेष्ठ २२ गते, बुधबार

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कान्तिपुर दैनिकले भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेको बताएको छ । सो पार्टीका केन्द्रीय कार्यालयका सचिव ध्रुवले बुधबार एक विज्ञप्ति जारी गर्दै कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेकोप्रति कडारुपमा खण्डन गरेका छन् । कार्यालयका सचिव ध्रुवले जारी गरेको विज्ञप्तिमा -‘नेपाल कम्युनिस्ट पार्टीको बढ्दो प्रभाव र साखबाट आतंकित दलाल तथा जनविरोधी तत्वहरुले क्रान्तिकारी पार्टीका प्रवक्ता प्रकाण्डका विरुद्ध निरन्तर भ्रमको खेती गरिराखेका छन् । यस क्रममा बुधबार कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित दुरासयमा वदनियतपूर्ण तथ्य हिन समाचार सम्प्रेशण गरेकोप्रति पार्टी ध्यान आकर्षण भएको छ ।’ उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ ‘हाम्रो पार्टी विचार भावना र सांगठनिक रुपमा बुर्जुवा पार्टी जस्तो गुट उपगुटको संयुक्त मोर्चा नभएर एकताबद्ध र एकढिक्का रहेको छ । पार्टीको जिम्मेवार तहमा सम्पर्क नै नगरी कपोकल्पित ढंगले दुरासयपूर्ण समाचार प्रसारण गर्नुको पछाडि कसको सेवा गर्ने उद्देश्य छ ? त्यसबाट प्राप्त लाभ के हो ? समाचारको न्युनतम् विश्वासनियता चाहिन्छ कि चाहिदैन ? प्रश्न उठ्न स्वभाविक छ । तसर्थ फेक न्युजको खेती नगर्न, सनसनीपूर्ण र उत्तेजित समाचार पेस्किएर व्यावसाय धान्ने होइन कि तथ्यगत समाचार बनाउन हामी सबै सञ्चारकर्मीसँग अनुरोध गर्दछौं ।’ अन्त्यमा नक्कली र बदनियतपूर्ण प्रचारयुद्धको डटेर सामना गर्नसमेत सबै पार्टी पंक्ति र न्यायपूर्ण समुदायमा विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु