काठमाडौंमा बम आतंक !

२०७४ मंसिर २१ गते, बिहीबार

काठमाडौँ , २१ मंसिर । बिहान ७ बजेबाट मतदान सुरु भएसंगै काठमाडौँका बिभिन्न स्थान मा बम फेला पर्न थालेका छन । यसै क्रममा नागार्जुन नगरपालिकाका ६ ओटा मतदान केन्द्रमा बम भटिएको छ । काठमाडौँको नागार्जुन नगरपालिका ६ रामकोटस्थित सिताराम स्कुलको मतदान केन्द्रमा बम देखिएको त्यहाँबाट स्थानीय हरहर काफ्लेले जानकारी दिएका छन् । त्यस स्थानलाई अहिले प्रहरीले घेराभित्र हालेर डिस्पोजको तयारी गर्दैछ ।
यस्तै काठमाडौँकै महानगरपालिका वडा नम्बर १५ ताहाचल क्याम्पसको बास्केटबल ग्राउण्डको पूर्वपट्टी रहेको पोल नजिक ठुलै बम भएको हल्लापछि स्थानीयको भागाभाग भएको छ, त्यहाँ पनि प्रहरी पुग्दै छ ।
यस्तै काठमाडौँको डल्लुस्थित नेवारी स्कुल नजिक र बाम गठबन्धनको १५ नम्बर वडा कार्यालयमा पनि बम भेटिएको प्रहरीले जानकारी दिएको छ ।
बाम गठबन्धनकाको वडा कार्यालयलाई लक्षित गरी राखिएको उक्त बम भने भर्खरै नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
यस्तै नागार्जुन नगरपालिका ३ को रिड मोडेल स्कुल मतदान केन्द्रमा पनि बम भेटिएको छ भने नगरपालिका ८ नम्बर वडमा रहेको रत्नराज्य बिद्यालयमा पनि बम राखिएको भन्दै फोन आएको विद्यालय स्रोतले जनाएको छ । मतदान सुरु भएसँगै काठमाडौं दर्जनौ मतदान केन्द्रहरूमा बम भेटिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार