कर तिर्ने समय असार ७ गतेसम्मका लागि थप

२०७७ जेष्ठ २१ गते, बुधबार

काठमाडौं , २१ जेठ । लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले कर तिर्नुपर्ने समय थपेको छ । आन्तरिक राजश्व विभागले आज सूचना निकाली कर तिर्नुपर्ने समयसीमा थपेको हो । यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म सबै कर बुझाउन सूचना जारी गरेको थियो भने आज जारी गरेको सूचनामा मूल्यअभिवृद्धि कर र अन्तःशुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने उल्लेख छ । उक्त मितिमा कर नबुझाएमा ब्याज तथा थप जरिवाना लाग्ने जनाइएको छ । सरकारले लकडाउनका कारण चैत २५ देखि समयसीमा सार्दै आएको थियो । नयाँ थपिएको समयभित्र व्यवसायीहरुले २०७६ को माघ, फागुन चैत र २०७७ को वैशाखको मूल्य अभिबृद्धि करको विवरणअनुसार कर बुझाउनुपर्ने छ । त्यस्तै अन्तःशुल्क २०७६ को फागुन, चैत र २०७७ को वैशाखको विवरण र सोही विवरणअनुसारको कर असार ७ भित्रै बुझाउनुपर्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु