कपडा पसलमा आगलागी , पचास लाखभन्दा बढीको क्षति

२०७४ मंसिर १४ गते, बिहीबार

काठमाडौं ,१४ मंसिर । राजधानीको गौशालाको एक कपडा पसलमा आगलागी भएको छ । आगलागीबाट पसलमा रहेको लाखाैं रुपैयाँको कपडा जलेर नस्ट भएको छ । गौशालाको पिंगलास्थानतर्फ जाने सडकको दायाँपट्टि रहेको ओयो होटल एण्ड ट्रभल्स इनको ग्राउण्ड सटरमा रहेको एक कपडा पसलमा आगलागी भएको हो ।
आगलागीबाट पचास लाख बराबर रुपैयाँ तयारी कपडा जलेर नस्ट भएको पसल संचालक सुदर्शन गौतमले बताए । आगलागी बुधबार राति नौ बजेतिर भएको थियो । नियमितझैं सो दिनपनि बेलुका पसल बन्द गरेर घर गएको समयमा आगलागी भएकोले पसलका सामन जोगाउन नसकिएको गौतमको भनाई छ । गाैतमले करेन्ट सर्ट भएर पसलमा अागलागी भएको बताए ।
‘राति नौ बजेतिर सहनै नसक्नेगरी रबरको गन्धसहित अचाक्ली धुवाँ आयो । के भएछ भनेर झ्याल खोलेर हेर्दा तल कपडा पसलरहेको भुईसटरबाट धुँवाको मुस्लो देखेँ’ निरमाया अधिकारीले भनिने ‘हरगुहारपछि सटर फोडेर पानी हालेर आगो निभायौं ।’ समयमै थाहा पाएका कारण अन्य पसल र घर जल्नबाट बचेको प्रत्यक्षदर्शीले बताए ।
उनका अनुसार आगो निभाइसक्दा केही थान ब्यागबाहेक सबै सामान जलिसकेको थियो । स्थानीय आगो निभाउने क्रममा अन्तिमतिर मात्र गौशाला प्रहरी टोली आइपुगेको र त्यसपछि मात्र दमकल आइपुगेको प्रत्यक्षदर्शीले बताए । पसल वरपरका केही व्यक्तिका अनुसार साँझको बेला बालेर छाडिएको धुपबाट आगो सल्किएर आगलागी भएको बताइन्छ ।
पसल साहु गौतम काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिकाको चौंरीपोखरीका बासिन्दा हुन् । पसलको बीमा नगरिएकोले आफूलाई ठूलो रकम क्षति पुगेको उनले बताए । – सागर लामा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु