कति खर्बमा बेचियो कालापानी ? – अनिलभक्त खरेल

२०७६ पुष ६ गते, आईतवार

‘सर्पको खुट्टा सर्पले देख्छ ।’ भनौ कि ‘लाटाको कुरा लाटाकी आमाले बुझ्छे’ भने झैं एउटा दलालले अर्को दलालको कुरा नबुझ्ने हुनै सक्दैन । पूरै नबुझे पनि केही हदसम्म भए पनि बुझेकै हुन्छ जत्ति उसलार्ई आवश्यक पर्छ । त्यस्तै ‘एउटा राष्ट्र«घातीले अर्को राष्ट्र«घातीेलार्ई नचिन्ने कुरा पनि हुन सक्दैन ।’ चाहे हाउभाउ हरेर होस्, चाहे व्यवहार हेरेर होस वा चाहे चरित्र हेरेर नै किन नहोस्, एक राष्ट्र«घातीले अर्को राष्ट्र«घातीलार्ई चिनेकै हुन्छ । अहिले नेपाली जगतमा प्रतिपक्षी दल र सत्तापक्षबीच कसले बढी राष्ट्रघाती गरेको भन्ने पोल खोलाखोल र हिलो छ्यापाछ्याप हुनुले दुबै पक्ष राष्ट्रघाती हुन् भन्ने पुष्टि गर्दैन र ? होइन भने नेकांका सभापति शेरबहदुर देउवाले ‘ओलीसँगको भित्री सल्लाहमा भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा छापेको हो, भारतले यत्तिकै नक्सा छापेको होइन, ओलीको सहमति बिना भारतले यो नक्सा छाप्न सक्दैन, नेपालको १ इन्च पनि जमिन मिचिन दिनुहुन्न, यसको सबै दोष ओली सरकारले लिनुपर्छ ।’ भनेर सरकारमाथि गम्भीर राष्ट्रघाती आरोप लगाउँदा सरकारी पक्षबाट पहिला कोशी सम्झौता, महाकाली सन्धिलागयतक राष्ट्रघाती कदमको जवाफ काँग्रेसले देओस् अनि हामी कालापानी, लिपुलेक र लिम्पियाधुराको जवाफ दिउला भन्नुले कतै यी दुबै राष्ट्रघाती ठहरिएनन् र ? एक राष्ट्रघातीले अर्को राष्ट्रघातीलार्ई चिनेको ठहरिएन र अब ? के सरकारी पक्षबाट दिइने जवाफ त्यस्तै हो त ? यदि यो कुरा सँचो हो भने यी ‘घिउ बेचुवा र तरवार बेचुवा’ प्रवृत्तिकाहरुबाट नेपाल देश सुरक्षित होला त ? चिन्ताको विषय छ ।
होइन भने प्रमुख प्रतिपक्षी दल, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम बुद्धिजीवि र सर्वसाधारण जनतको सपोर्ट हुँदाहुँदै पनि झण्डै १ महिना बित्न लाग्दा पनि नेपाली सरकारी पक्षबाट भारतीय सरकार पक्षसँग मिचिएको भूभागको बारेमा कडा रुपमा प्रस्तुत हुन नसक्नुको कारण के ? सरकार किन खुट्टा कमाइरहेको छ ? कस्ले रोक्यो सरकारलार्ई ? के सरकारको यस्तो हुतिहारा पाराले गुमेको भूमि फिर्ता होला त ? सरकारको यस्तो रवैयाले भारतले नाकाबन्दीताका लिइएको अडानका कारण जनताको नजरमा राष्ट्रवादी देखिएका केपी ओलीको राष्ट्रवाद बाँचिरहँला त ? सरकारकै कारणले गर्दा केपी ओलीको राष्ट्रवाद कालापानी, लिपुलेक र लिम्पियाधुरामा आइपुग्दा स्खलित भयो कि भएन ? उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भयो कि भएन ? यत्ति हुँदा पनि भारतीय पक्षसँग कुटनीतिक र राजनीतिक पहल मात्रै होइन कि राष्ट्रसंघमा समेत जानकारी नगराउने हो भने ओलीको राष्ट्रवाद कालापानी, लिपुलेक र लिम्पियाधुरामा आएर समाप्त भयो भनेर भन्ने कि नभन्ने ? उनलार्ई देशको सीमाभन्दा पनि आप्mनो मन्त्रिमण्डलको चिन्ता रहेका रहेछ भनेर किन औँला नठड्याउने ? के यो अहिले मन्त्रिमण्डलको पुनर्गठन गरेर समय खेर फाल्ने अवस्था हो ? देशको यत्ति ठूलो मुद्दालार्ई थाँती राखेर बेवास्ता गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव शंकरदास वैरागी रुस र सर्वियाको एक साता भ्रमणमा निस्कनुको कारण के ? कुटनीतिक पहल गरेर विवाद समाधान गर्ने मुख्य जिम्मेवारी पाएका मन्त्री र सचिवनै एक हप्तासम्म विदेशतिर मोजमस्ती गर्न जाने उचित समय हो त ? के यस्ताहरुबाट यो विवाद समाधान होला त ? होइन भने ‘सीमा बचाऊ नागरिक अभियान’ का तर्फबाट अभियानका अभियन्ता पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेललगायतकाले सो नक्सा नेपाल सरकारदेखि संयुक्त राष्ट्रसंघसम्म पु¥याउने उद्घोष गर्दासमेत सरकारको मौन व्रत किन र कसका लागि ? कतै शेरवहादुर देउवाले लगाएको आरोप झै यो सरकारको नै संलग्नता त छैन सो भूभाग भारतमा पार्न ? सरकारको यस्तै मौनताले प्रश्न गर्न मन लाग्छ सरकार कति खर्बमा बेचयो कालापानी, लिपुलेक र लिम्पियाधुरा ?
के लोकतन्त्र गाण्तन्त्र यस्तै गर्नको लागि ल्याइएको हो ? होइन भने यो १४ वर्षे अवधिमा देश र जनताले महँगी, अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, घुसखोरीबाहेक के पाए ? के हजारौँ छोटे राजा पाल्नका लागि मात्रै २४० वर्षे इतिहासको अन्त्य गरिएको हो त ? होइन भने बार्षिक १२ करोडको खर्चको बारेमा सेतो हात्ती राज्यले पाल्न सक्दैन भनेर रत्नपार्कको भित्ता रंग्याउने, रत्नपार्कका रेलिड भाँच्नेहरु अहिले खर्बौ रकम राज्यबाट दोहन हुँदा कुन दुलामा छन् ? राजतन्त्र फालेपछि राज्यबाट २ खर्ब रुपैयाँ त सेना समायोजन तथा हतियार व्यवस्थापन र संविधान निर्माणमा नै खर्च भइसकेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता परिवारको छानविीन आयोगको खर्च छुट्टै छ । हजारौं छोटे राजा पाल्ने खर्च पनि छुट्टै छ । हालै हटाइएका एक मन्त्रीले मात्रै २ वर्षको अन्तरालमा झण्डै २ अर्ब रुपैयाँको सम्पत्ति जोडेको समाचार छ । अन्य भ्रष्टाचार त कत्ति हुन् कत्ति ? सबैलार्ई कमाउनमै ध्यान छ चाहे देश भाँडमा जाओस् कस्लार्ई के मतलब ? हामीले सानामा पढेका कथाअनुसार ‘एकदिन जंगलमा बघिनीको ओढारमा बाटो विराएर झुक्किएर कतैबाट स्यालको छाउरो आइपुगेछ । हेर्दै माया लाग्दो स्यालको बच्चादेखेपछि बघिनीले लुकाएर आप्mनै दूध खुवाउन थालिछ । बघिनीको दूध खान पाएपछि त स्याल अलि ठूलो र बलियो भएछ । बघिनीका सबै सन्तान सिकारमा जाने बेलामा स्यालले बघिनीसँग भनेछ ‘आमा म पनि सिकार खेल्न जान्छु,’ तब बघिनीले भनिछ ‘सिकारमा खेल्न जान त खान्दान चाहिन्छ, तँ जस्ता कुखुराचोरको सन्तानले के सिकार खेल्छस् ?’ हो अहिलेको सरकार स्यालको छाउराले सिकारमा जाने रहर गरे जस्तै हो । उनीहरुमा न इतिहासप्रतिको सम्मान छ, न विगतको ज्ञान र भविष्यको सही विश्लेषण नै छ । त्यसैले होशियार कुखुरा चोरको सन्तानदेखि ? देशलार्ई बघिनीका सन्तान डमरुभन्दा कुखुरा चोरका सन्तानहरु स्यालका छाउरा प्रवृत्तिहरुबाट बचाइराख्नु जरुरी छ । डमरुले अगाडिबाट आक्रमण गर्छ तर कुखुरा चोरको सन्तानले लुकेर आक्रमण गर्छ ।
देशमाथि खतरा भारत, चीन या अन्य देशबाट नभई आप्mनै मूलका लोपीपापी, दुष्ट, लालची लेण्डुपे कुखुरा चोराका सन्तानहरुबाट छ । देश बचाउने हो भने सर्बप्रथम यी लेण्डुपे कुखुरा चोरहरुको समूल नाश गरिनुपर्छ । होइन भने कालापानीसम्म आइपुगेको भारत एक दिन काठमाडौँमा आइपुग्नेछ । बाध्यता र विवशताले विदेशिएका नेपालीलार्ई भूतपूर्व नेपाली, भगौडा नेपाली भन्नेहरुले नै नेपाललार्ई भूतपूर्व नेपाल बनाउँदैछन् । अनि उनीहरु आफैँ भगौडा भएर लेण्डुपदोर्जे जस्तै दिल्ली जानेछन् सबैमा बेलैमा चेता जागोस् । पछि ज्या भनेर पछुताएर काम छैन, चेतना भया ।
अन्त्यमा भगौडा नेपाली वा भूतपूर्व नेपाली जे भने पनि अमेरिकामा रहेका नेपालीहरुले यही डिसेम्बर १४ तारिख शनिबारका दिन व्हाइट हाउस अगाडि भारतले गरेक भूमि अतिक्रमणका विरुद्ध व्यापक बिरोध जुलुस प्रदर्शन गर्दै सो मुद्दालार्ई अन्तार्राष्ट्रियकरण गरे । स्मरण रहोस् यस अघि सन् २०१५ मा भारतले अघोषित नाकाबन्दी गर्दा पनि अमेरिकामा रहेका नेपालीले ऐक्यबद्धता जाहेर गर्दै बिरोध प्रदर्शन गरेका थिए । अब यसैगरी सारा विश्वबाट नेपाली मूलका नागरिकहरुले आवाज उठाएर सो मद्दालार्ई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ ।
– भर्जिनिया, अमेरिका

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु