कच्चा तेलको मूल्य उच्च विन्दुमा

२०७६ भाद्र ३० गते, सोमबार

काठमाडौं , ३० भदौ । गत शनिबार साउदी अरेबियामा दुईवटा तेल प्रसोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै उच्च रुपमा वृद्धि भएको छ । आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ दशमलव ९६ डलर पुगेको छ । यस्तै वेस्ट टेक्सास इन्टरमिडियेटमा १५ प्रतिशतले बढेर ६३ दशमलव ३४ अमेरिकी डलर पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएपछि मूल्य केही कम हुने अनुमान गरिएको छ । उत्पादन कटौती भएको साउदी अरेबियाको तेल प्रसोधन केन्द्रबाट पूर्ण क्षमतामा उत्पादन हुन अझै केही दिन लाग्ने बताइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु