कक्षा १२ को नतिजा प्रकाशित

२०७५ श्रावण १७ गते, बिहीबार

काठमाडौं, १७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ । पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । आशिंकतर्फ ३५.२ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ । परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो । यो वर्ष पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकै पटक प्रकाशित गर्न गरिएको छ । एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ । यसका लागि ३५००१ मा पठाउन सकिने छ । एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन्उ क्त परीक्षा भाद्र १६ मा हुने छ । नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ ।

प्रतिक्रियाहरु