ओरालो र उकालो- नारायण शर्मा

२०७६ आश्विन १३ गते, सोमबार

ओरालो झर्न सजिलो !
सजिलो हुनाले सुविधाजनक !
सुविधाजनक भएर आकर्षक !!
आकर्षक भएर पनि मनमोहक !
तर अन्त्य भने सारै हृदयविदारक !!

उकालो चढ्न असजिलो !
असजिलो हुनाले दुबिधाजनक !
दुबिधाजनक भएरपनि अनाकर्षक !!
तर चित्ताकर्षक हुन्छ र त हुन्छ समर्पण !
अनि त्याग-बलिदानपछि मिल्छ निर्वाण !!

सुरुमै ओरालो झर्न केही असमन्जस !
तर झर्दै-झर्दै जाँदा झन् पछि झन् सरल र सहज !!
अनि गति पनि खुला, सीधा र प्रखर !
तर गन्तव्य भने लक्षको उल्टो शिखरको साटो सागर !!

तर उकालो !
शुरुमा चढ्न लाग्ने रहर !
तर चढ्दै जाँदा झन् पछि झन् कहर !!
अनि गति पनि बाङ्गो, ढिलो, लामो र कष्टकर !
त्यसैले त कथित ठुल्ठुला गर्छन् लर्खर !
तर, गन्तव्यमा पुगेपछी त हर्ष र गौरवको वहार !!

उकालो र ओरालोको
आआफ्नै कहर ! आआफ्नै रहर !!
रोजाइ आआफ्नो विचार !
भोगाइ आआफ्नो व्यवहार !!

प्रतिक्रियाहरु