अखिल क्रान्तिकारीद्वारा घुस खाएर छात्रवृत्तिमा नाम निकाल्नेको पर्दाफास

२०७५ श्रावण १६ गते, बुधबार

काठमाडौँ, १५ साउन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले घुस खाएर छात्रवृत्तिमा नाम निकाल्नेको पर्दाफास गरेको छ । उसले सिटीईभिटीका कर्मचारीको मेतोमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानविन गरी कार्वाही गर्न र पुनः प्रवेश परीक्षा गर्न माग समेत गरेको छ ।
अखिल क्रान्तिकारीको सिटिईभिटी समन्य समितिका संयोजक हर्कबहादुर बिकले मंगलबार विज्ञप्ति जारी गरेर साउन १२ गते धनगढी उपमहानगरपालिकाको पञ्च्योदय परीक्षा केन्द्रमा प्रमाणपत्र तह तथा डिप्लोमा अन्तरगतको पूर्ण छात्रवृत्ति परीक्षामा सिटिईभिटीबाट खटिएका कर्मचारीको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको बताएका छन् । कमिसन खाएर आसेपासेहरुको नाम छात्रवृत्ति कोटामा निकाल्न घृणित कार्य भएको र त्यसमा सिटिईभिटीकै कर्मचारीको पनि संलग्नता भएको भन्दै संयोजक बिकले बताएका छन् । उनले आफ्नो संगठनले गरेको अनुसान्धानले उक्त कुराको पुष्टि भएको भन्दै पुनः प्रवेश परीक्षा लिन पनि माग गरेका छन् ।
“यस शैक्षिक सत्रको साउन १२ गते लिएको प्रमाणपत्र तह तथा डिप्लोमा तहको पूर्ण छात्रबृत्ति तर्फको प्रबेश परिक्षा अन्तर्गत धनगढी उपमहानगरपालिकाको पञ्च्योदय परिक्षा केन्द्रमा ऋत्भ्ख्त् बाट खटिएका कर्मचारीको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको र आफ्ना आसेपासे, आफन्तको नाम निकाल्नका लागि र केही बिद्यार्थीहरुबाट कमिसन खाएर नाम निकाल्ने षड्यन्त्रअनुरुप प्रश्नपत्र बाहिरिएको तथ्य परीक्षामा सहभागी विद्यार्थी सरोकारवाला र अभिभाबकहरुले हाम्रो संगठनलाई जानकारी गराइएको र केही मिडियामा समेत प्रकाशन तथा प्रशारण भएकोछ । साथै हाम्रो संगठनद्धारा गरिएको अनुसन्धानले पनि सो घटनालाई पुष्टि गर्दछ” बिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पदिय शक्तिको चरम दुरुपयोग गरेर गरिब बिपन्न वर्गका अध्ययनशील तथा जेहेन्दार विद्यार्थीहरुको भविश्यमाथि खेलबाड गरेकोप्रति आपत्ति जनाउँदै संयोजक बिकले दोषीलाई सम्बन्धीत निकायले कारवाही नगरे आफ्नो संगठनले कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
“सिटिईभिटीका कमचारी, परिक्षा केन्द्रका कर्मचारीलगायत संलग्न सबैलाई कडा कार्बाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं । साथै, उक्त परिक्षा खारेज गरि पुनः प्रबेश परीक्षा सञ्चालन गर्न माग गर्दछौं । पदीय शक्तिको चरम दुरुपयोग गरी गरिब बिपन्न बर्गका अध्ययनशिल तथा इमान्दार हजारौं विद्यार्थीहरुको भविश्यमाथि खेलबाड गर्ने, कमिसनको लोभमा परीक्षा प्रणाली बिपरित अत्यन्तै घृणित कार्य गर्ने त्यस्ता दलाल, भ्रष्ट र माफीयाहरुप्रति संगठनले निर्मम कार्बाही थाल्ने समेत जानकारी गराउँदछौं” विज्ञप्तिमा भनिएको छ ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सिटिईभिटी समन्वय समितिका संयोजक हर्क बहादर बिकद्वारा जारी विज्ञप्तिको पूर्ण विवरण यस्तो छ – “वैज्ञानिक समाजबादी शिक्षाका लागि वैज्ञानिक समाजबादको मूल लक्ष्यसहित एकिकृत जनक्रान्तिमार्फत नेपालको समग्र राज्यसत्ताको आमुल रुपान्तरणका निम्ति हाम्रो गौरबशाली संगठन अखिल (क्रान्तिकारी) आन्दोलनरत रहेको सर्बबिदितैछ ।
CTEVTमा ब्याप्त रहेको चरम राजनीतिकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण र भ्रष्टिकरणका साथै सबै प्रकारकागलत प्रबृत्ति तथा क्रियाकलापलाई अन्त्य गर्ने उद्देश्यले परीक्षा प्रणालीको पारदर्शिता, सम्बन्धनमा हुने कमिसनको खेल बन्द गर्ने, छात्रवृत्ति बढउने, शुल्क बृद्धि रोक्ने साथै शूल्क निर्धारणको वैज्ञानिक मापदण्द कायम गर्ने, मापदण्ड विपरित सञ्चालित संस्थाहरुलाई कार्वाही गर्ने र अनुगमन प्रणाली प्रभावकारी बनाउनेसहितका ५ बुँदे मागपत्र पेश गरी आन्दोलन र वार्ता प्रक्रिया समेत जारी रहेको छ ।
यसै सन्दर्भमा CTEVT द्वारा यस शैक्षिक सत्रको श्रावण १२ गते लिएको प्रमाणपत्र तह तथा डिप्लोमा तहको पूर्ण छात्रबृत्तितर्फको प्रबेश परीक्षा अन्तर्गत धनगढी उपमहानगरपालिकाको पञ्च्योदय परिक्षा केन्द्रमा CTEVT बाट खटिएका कर्मचारीको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको र आफ्ना आसेपासे, आफन्तको नाम निकाल्नका लागि र केही विद्यार्थीहरुबाट कमिसन खाएर नाम निकाल्ने षड्यन्त्रअनुरुप प्रश्नपत्र बाहिरिएको तथ्य परिक्षामा सहभागी बिद्यार्थी सरोकारवाला र अभिभाबकहरुले हाम्रो संगठनलाई जानकारी गराइएको र केही मिडियामा समेत प्रकाशन तथा प्रशारण भएकोछ । साथै हाम्रो संगठनद्धारा गरिएको अनुसन्धानले पनि सो घटनालाई पुष्टि गर्दछ ।
यस प्रकारको अत्यन्तै गैरजिम्मेवार र घृणीत कुकार्यप्रति घोर निन्दा प्रकट गर्दछौं । उक्त कार्य गर्ने CTEVT का कमचारी, परीक्षा केन्द्रका कर्मचारीलगायत संलग्न सबैलाई कडा कार्बाही गर्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौं । साथै उक्त परिक्षा खारेज गरि पुनः प्रबेश परिक्षा सञ्चालन गर्न माग गर्दछौं । पदिय शक्तिको चरम दुरुपयोग गरि गरिब बिपन्न बर्गका अध्ययनशिल तथा इमान्दार हजारौं बिद्यार्थीहरुको भबिश्यमाथि खेलबाड गर्ने, कमिसनको लोभमा परिक्षा प्रणाली बिपरित अत्यन्तै घृणित कार्य गर्ने त्यस्ता दलाल, भ्रष्ट र माफीयाहरुप्रति संगठनले निर्मम कार्बाही थाल्ने समेत जानकारी गराउँदछौं ।”

प्रतिक्रियाहरु