एयर एसियाले थप १० करोड तिर्ने

काठमाडौं, २४ पुस । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ ।
बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धता उसले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० करोड रुपैयाँ तिर्ने मौखिक सहमति गरेको जानकारी दिए ।
केही वायुसेवा कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क लामो सयमदेखि तिरेका छैनन् । सबैभन्दा बढी बक्यौता रहेको एयर एसियाको २३ करोड रुपैयाँ बक्यौता छ । ‘एयर एसियाले सोमबार १० करोड बुझाएको अवस्थामामात्र अन्य रकम मासिक रुपमा लिने हो,’ उनले भने, ‘मौखिक प्रतिबद्धताअनुसार रकम नतिरे सोमबार काठमाडौंमा जहाज ल्यान्ड भएपछि उड्न पाउने छैन ।’ – अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>