एम करुणानिधिको निधन, अन्त्येष्टीका विषयमा विवाद

२०७५ श्रावण २३ गते, बुधबार

काठमाडौं, २३ साउन । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको निधन भएको छ । चेन्नाइस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा निधन भएको हो । तमिलनाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत जुलाई २८ मा उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको जन्म सन् १९२४ को जुन ३ मा तमिलनाडुको नागापट्टिनम जिल्लामा भएको थियो ।
करुणानिधिको सन् २०१६ देखि स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक उपचार भइरहेको थियो । उनी खराव स्वास्थ्यका कारण दुई वर्षयता राजनीतिमा निस्कृय थिए । करुणानिधि सन् १९९६ को जुलाई २७ मा पार्टी अध्यक्ष बनेका थिए । करिब ८ दशक राजनीतिमा सक्रिय करुणानिधि ५ पटक तमिलनाडुको मुख्यमन्त्री बने । १३ पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधिले कुनै पनि चुनाव हारेका थिएनन् ।
उनी सन् २०१६ को विधानसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए । करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवाद लेखनसमेत गरेका थिए ।
यसैबीच करुणानिधिको अन्त्येष्टि कहाँ गर्ने भन्ने विवाद अदालतमा पुगेको छ । उनीको पार्टीले मरिना तटमा अन्त्येष्टि गर्नुपर्ने माग गरेको छ । यो तटमा तमिलनाडुका वरिष्ठ राजनीतिज्ञको अन्त्येष्टि हुँदै आएको हो । तर प्रदेश सरकारले यसलाई अनुमति दिएको छैन । तमिलनाडु सरकारका मुख्य सचिव गिरिजा वैद्यनाथनले करुणानिधिको समाधीका लागि अन्ना विश्वविद्यालयको अगाडि दुई एक जमिन तयार पारिएको जानकारी दिनुभएको छ । यो इलाका मरिना तटबाट ८ किलोमिटरको दुरीमा पर्छ । अदालतले यस बारेमा आजै निर्णय गर्ने बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु