एमाले नेता गौतमको गाडी एम्बुसमा

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौं, २८ कात्तिक । बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ । चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको सो गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्फोटका कारण गाडीमा क्षति पुगेको बताइएको छ । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको बुझिएको छ ।
बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्फोटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ । बिस्फोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु