एनआरएनएको अध्यक्षमा पन्त

२०७६ कार्तिक १ गते, शुक्रबार

काठमाडौँ, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । पन्तका प्रतिस्पर्धी कुल आचार्य झिनो मतले पछि परेका छन् । हिजो भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।
एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि विभिन्न विवादका कारण सम्मेलन लम्बिएको हो । सुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि पछि विवाद भएपछि मतपत्र नै प्रयोग गरिएको हो । निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु