एकीकृत जनक्रान्तिको आवश्यकता

२०७४ भाद्र १८ गते, आईतवार

यतिबेला दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु पूर्णरुपमा गुम्दै गएका छन् । देश र जनतालाई परिवर्तनको झुठो सपना देखाएर दलहरु पुनः संसदीय धारमै फर्किएका छन् । देश र जनताभन्दा पनि आपूm र आफ्नो दललाई प्रधान ठानी हरेक निर्णयहरु हुने गरेका छन् । भूकम्प पीडित जनताहरु दुई वर्षदेखि खुला आकाशमुनि रात बिताउन बाध्य छन् । बाढी र पहिरो पीडितको हालत उस्तै छ । महँगी, भ्रष्टाचार दिन दुई गुना रात चौगुना बढ्दै गएको छ । शान्ति र सुव्यवस्था एकादेशको कहानी भएको छ । संसद्वादी दलहरु कसरी सत्तामा पुग्ने र भत्ता पचाउने भन्ने ध्याउन्नमा मात्र छन् । नौ–नौ महिनामा सरकार परिवर्तन भइरहेको छ । देशले धान्नै नसक्ने गरी मन्त्रीहरु बनाइन्छ । देश यतिबेला नेताहरुको लुटको स्वर्ग बनिरहेको छ । जनता दिनप्रतिदिन प्रताडित र निरीह बन्दै गएका छन् । यस्तो अवस्थाबाट पार पाउन अब एकीकृत जनक्रान्तिबिना सम्भव छैन । तसर्थ, नेकपा माओवादीले लिएको बाटोमा सबै देशभक्त र स्वाभिमानी जनता अघि बढ्नुको विकल्प छैन । यदि देशलाई साँच्चै अग्रगमनतर्फ लैजाने र आमूल परिवर्तन चाहने हो भने यी संसद्वादी दलहरुलाई देशको राजनीतिबाट पाखा लगाउनैपर्छ । यी संसद्वादीहरुको संविधान कार्यान्वयन र चुनावको कोकोहोलोमा रुमलिएर बस्नुको कुनै औचित्य छैन । यसले त देशलाई झन् रसातलमा पु¥याउने निश्चित छ । तसर्थ, देशलाई वर्तमान संकटबाट पार लगाउन नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिमा आमस्वाभिमानी नेपाली गोलबद्ध हुनैपर्छ । अहिलेको आवश्यकता र समयको माग पनि यही हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु