एकिकृत जनक्रान्तिमा संगठनात्मक चुनौती – हितमान

२०७५ असार २७ गते, बुधबार

१.भुमिका
विश्व तरंगित पार्ने संगठनात्मक ताकत सहित हामिले दश वर्ष महान जनयुद्ध लड्यौ । यो अपराजीत ताकत हामीले जन्म लिएको यही नेपाली भूमि र नेपाली जनताको वीच वाट ऐतिहाँसिक आवश्यकताले जन्माएको थियो । यसको जन्म स्वतः स्पूर्mत ढंगले नभई सर्वहारा वर्गिय विचार, दृष्टिकोण र निश्चित राजनैतिक लक्ष्य प्राप्तीको उद्धेश्य सहित सचेत र योजनावद्ध पहलमा भएको थियो । विचार तथा राजनीति सही होस या गलत होस् यसको कार्यन्वयनको लागि पहिलो हतियार भनेको संगठन नै वन्न जान्छ । संगठन विना नत विचार नै प्रवाह गर्न सकिन्छ नत निर्धारित राजनैतिक लक्ष्य, उद्धेश्य नै प्राप्त गर्न सकिन्छ । यसर्थ अहिले हामीले संचालन गर्र्दै गरेको एकीकृत जनक्रान्तिमा देखा परेका संगठनात्मक क्षेत्रका समस्याका विषयमा यो लेखमा संक्षिप्त चर्चा गरिनेछ । जसले हाम्रो जस्तो क्रान्तिकारी पार्टीका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
२. संगठनात्मक क्षेत्रमा देखिएका समस्याहरु
क) विचार र दृष्टिकोणको समस्या
आजसम्मको मानव समाजको इतिहासमा स्पष्ट छ कि वस्तु,समाज, प्रकृति तथा सामाजिक, राजनीतिक व्यवस्था लाई हेर्ने, वुझ्ने, ग्रहण गर्ने र लागु गर्ने दुई भिन्न दृष्टिकोण मालेमावादी र पंूजीवादी रहेका छन् । यस लाई दुई विश्व दृष्टिकोण पनि भनिन्छ । पहिलो मालेमावादी दृष्टिकोणले वस्तु,समाज,प्रकृति र सामाजिक राजनीतिक व्यवस्था लाई परिवर्तनशिल र गतिशिल वस्तुको रुपमा वुझ्दछ र त्यही अनुसार ग्रहण गरी परिवर्तन र रुपान्तरणको पक्षमा आनो विचार, दृष्टिकोण राख्दछ । दोश्रो पूंजीवादी दृष्टिकोणले सारतः वस्तु लाई परिवर्तन गर्न नसकिने परिवर्तन भइहाले पनि वैज्ञानिक नियमद्धारा होइन,वरु कुनै अदृश्य अलौकिक शक्तिद्धारा हुन्छ भन्ने आदर्शवादी दृष्टिकोण राख्दछ । यसकारण पूंजीवादी आदर्शवादी दृष्टिकोणले हरेक वस्तुलाई गतिशिलतामा नभई यथास्थितिमा वुझ्ने गर्दछ र वस्तुको रुपान्तरण तथा परिवर्तन गर्न सचेत पहल गर्दैन । यसको ठिक उल्टो हामी मालेमावादी दृष्टिकोण राख्नेहरुले वस्तुको रुपान्तरण र परिवर्तन गर्नेमा सचेत र योजनावद्ध पहल गर्ने गर्दछौं । तर यहाँनेर हाम्रो दृष्टिकोणमा देखा परेको एउटा समस्या के छ भने दश वर्षे जनयुद्धले नसकेको सत्ता परिवर्तनको काम अव कसरी सम्भव छ ? भन्ने सोचाई राख्दछौं र कहिले काँही पार्टीका जिम्मेवार निकायमा रहेका कमरेडहरु वाट पनि याट्ट यो प्रश्न आउने गर्छ । जनताको तहमा यो प्रश्न स्वभाविक मान्न सकिएपनि पार्टीका जिम्मेवार निकायमा रहेका कमरेडहरुको सन्दर्भमा विचार र दृष्टिकोणमा रहेको आधारभूत अस्पष्टताको समस्या हो । जुन जुन कमरेडहरुले यस्तो प्रकारले सोच्दछन् र तर्क गर्ने गर्दछन् ती कमरेडहरु लाई एकिकृत जनक्रान्ति जित्न सकिन्छ भन्ने विश्वास पनि छैन र जित्ने गरी क्रियाशिल भएर राजनीति,संगठन,संघर्ष का विभिन्न क्षेत्रमा काम पनि गरेको देखिदैन । तसर्थ यस्ता कमरेडहरु लाई पार्टीको कुनै पनि निकायको प्रमुख जिम्मेवारी दिईनु हुदैन र उहाँहरुको इमान्दारीताको पाटो लाई ध्यान दिएर दृष्टिकोण निर्माणमा पार्टीले योजनावद्ध पहल गर्नु पर्ने देखिन्छ ।
ख) वैचारिक तथा राजनैतिक अस्पष्टताका समस्या
समाजमा क्रान्तिकारी र सुधारवादी, यथास्थितिवादी विचार जतासुकै रहने गर्छ । परिवर्तनका पक्षधर र यथास्थितिका पक्षधर विचार हाम्रै समाजमा पाइन्छन् । समाजमा परिवर्तन चाहने मानिसहरु वहुसंख्यमा हुन्छन् । तर परिवर्तनकारी प्रकृयामा प्रत्यक्ष सहभागी हुने मानिसहरुको संख्या भने थोरै हुन्छ । किनभने परिवर्तन चाहने र परिवर्तनको चुनौतीपूर्ण प्रक्रिया क्रान्तिमा सहभागी हुने भन्ने कुरा अलग कुरा हो । सामान्यतया सजिलो वाटो खोज्नु, सजिलो काम खोज्नु चुनौती मोल्न नचाहनु भनेको मानिसको आम प्रवृति नै हुन्छ । यो भनेको सुधारवादी विचार प्रवृती हो । यसै भित्र अर्को साहसिक क्रान्तिकारी प्रवृति पनि यही समाजमा हुने गर्छ । जो चुनौती देखि नडराउने, अप्ठयाराहरुको सामना गर्न तयार हुने, परिवर्तनको पक्षपोषण गर्ने, देश र समाजको चिन्ता गर्ने आदि स्वरुपमा यो विचार प्रकट हुने गर्दछ । मुलतः समाजमा रहेका यी दुवै विचार र प्रवृति पार्टी संगठनमा पनि वेला–वेलामा प्रकट हुने गर्दछन् । विशेषतः यी दुवै प्रवृतिको पहिचान क्रान्तिको अति संकटको समयमा स्पष्ट हुने गर्दछ । पार्टी भित्र संगठनमा यी दुवै विचार प्रवृतिको वीचमा अन्तरसंघर्ष भइरहने गर्दछ, यो संघर्ष सामान्य अवस्थामा सामान्य रुपमा हुन्छ भने विशेष र चुनौतीपूर्ण अवस्थामा पेचिलो पनि वन्ने गर्दछ । अन्ततः यो सही र गलतवीचको विचारधारात्मक संघर्ष नै हो । पार्टी जीवनमा लागु हुने यो अन्तरसंघर्ष समाजमा वर्गसंघर्षको रुपमा व्यक्त भइरहेको हुन्छ । स्वभावतः समाजमा रहेको उत्पीडित तथा श्रमजीवि वर्ग संग क्रान्तिकारी विचार हुने गर्छ भने श्रम शोषण गर्ने वर्ग सुधारवादी, अवसरवादी तथा पूंजीवादी विचार हुने गर्दछ । यस कुरालाइ राजनीति क्षेत्रमा हेर्दा समाजमा रहेको क्रान्तिकारी वर्ग र विचारको नेतृत्व क्रान्तिकारी पार्टीले गर्ने गरेको हुन्छ भने सुधारवादी अवसरवादी तथा पूंजीवादी विचारको नेतृत्व दलाल संसदीय वुर्जुवा पार्टीहरुले गरेको हुन्छ ।
वर्तमान नेपाली समाजमा क्रान्तिकारी वर्ग र विचारको नेतृत्व हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले र सुधारवादी अवसरवादी तथा पूंजीवादी संसदिय विचारको नेतृत्व काँग्रेस एमाले, माके जस्ता पार्टीहरुले गरिरहेका छन् । वर्तमान नेपाली राजनीतिमा सुधारवादी विचारधारा अवलम्वन गरेका पार्टीहरुले संसदिय पूंजीवादी राज्यव्यवस्थाको स्थायीत्व र दिर्घायुको कामना सहित त्यस्को नेतृत्व गरेका छन् जो अवैज्ञानिक र गलत छ भने त्यस लाई एकिकृत जनक्रान्तिको माध्यम वाट वदलेर त्यस्को ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य सहित हामीले क्रान्तिको नेतृत्व गरिरहेका छौ, जो वैज्ञानिक र सहि छ । यसमा हाम्रो पार्टीका तल्ला निकाय र साधरण पार्टी सदस्य सम्म लाई स्पष्ट पार्न अति आवश्यक देखिन्छ । आधारभूत वुझाई नवन्दै पार्टी संगठनमा आवद्ध हुने र गरिने कुराले क्रान्ति गर्नको निम्ति वनाईने संगठन र त्यस संगठको सदस्यले पार्टी र क्रान्तिको हित गर्दैन । त्यसले क्रान्तिको विजय लाई नजिक वनाउन महान योगदान दिन पनि सक्दैन । तसर्थ हाम्रा पार्टी सदस्यहरु तथा तल्ला कमिटीहरु लाई विचारधारात्मक प्रशिक्षणको माध्यम द्धारा आधारभूत वुझाई निर्माण गर्न अति आवश्यक देखिन्छ ।
ग) संगठनात्मक अनुशासन, विधि तथा पद्धतिमा नवाधिने समस्या ः
सामान्यत ः कुनै पनि पार्टी वा संघ, संगठन संचालनको लागि आवश्यक पर्ने विधि विधान निर्माण गरिएको हुन्छ, र त्यस विधि विधान अनुरुप पार्टी तथा संघ संगठन संचालन गरिन्छ, सम्बन्धित संघ संगठनमा आवद्ध प्रत्येक सदस्यहरुले त्यस संगठनको विधि विधानलाई मान्नु र सो अनुसार चल्नु उसको पहिलो कर्तब्य वा जिम्मेवारी भित्र पर्दछ ।
कम्युनिष्ट पार्टी संगठनका आनै मुल्य,मान्यता,विधि,विधान,पद्धति र अनुशासन हुने गर्दछ । कम्युनिष्ट पार्टी मुल रुपमा जनवादी केन्द्रियताको सिद्धान्त अनुरुप संचालन गरिन्छ । वोल्शेविक पार्टीका नेता तथा विश्व सर्वहारा वर्गका मुक्तिदाता क.लेनिनले विकास गर्नु भएको जनवादी केन्द्रियताको सिद्धान्तमा मुख्य गरि ५ वटा कुराहरु पर्दछन् । यसमा पहिलो ब्यक्ति संगठनको मातहत,दोस्रो तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, तेस्रो अल्पमत बहुमतको मातहत, चौथो सम्पूर्ण कमिटीहरु केन्द्रिय समितिको मातहत, र पांचौ केन्द्रिय समिति महाधिवेशनको मातहत भन्ने हो ।सर्वप्रथम यो मान्यातालाई आत्मासात नगरिकन नत हामी कम्युनिष्ट पार्टीको अनुशासनमा बस्न सक्छौ,नत हामी कम्युनिष्ट पार्टीको असल सदस्य नै बन्न सक्छौ ।
यसर्थ क्रान्तिको महनन कार्यमा अगाडी बढ्दै गरेको हाम्रो पार्टीमा जनवादी केन्द्रीयतालाई ग्रहण गर्ने र सो अनुसार अनुशासनको विकास गर्ने, पार्टीको विधि पद्धतिलाई आत्मसात गर्ने सो अनुसार आफुलाई रुपान्तरण गर्ने र कमिटी प्रणालीमा रहने जस्ता आधारभुत विषयमा समस्या देखा परेका छन् । जनयुद्धका अनुभवले पनि हामीलाई के बताउछ भने एउटा फलामे अनुशासनमा बाधिएको असल क्रान्तिकारी पार्टीको विकास नहुदा सम्म पुरानो सत्ताका मुल्यमान्यता भत्काउन सकिदैन र समग्रमा क्रान्तिलाई विजयको शिखरमा पु¥याउन सकिदैन । यसर्थ अनुशासन भनेको कसैमाथि जर्वजस्ती लाद्ने विषय होईन,विधि पद्धतिमा रहनु भनेको कुनै कालकोठरीमा वन्दी भएर बस्नु होईन । वरु यो संग क्रान्ति, मुक्ति, मानव स्वतन्त्रंतामा लुकेर बसेको छ । यसैलाई प्राप्त गर्न विधि, विधानको आवश्यकता परेको हो भन्ने कुरालाई हामीले राम्रो संग आत्मासात गर्न आवश्यक छ र सो अनुसार पार्टीका तल्ला कमिटीहरुलाई पार्टीको अनुशासन विधि, विधानमा डो¥याउन अति जरुरी भईसकेको छ ।
घ) जिम्मेवारी वोध नगर्ने समस्या
हाम्रो पार्टी र आन्दोलनमा देखा परेको अर्को समस्या भनेको जिम्मेवारी वोध नगर्ने समस्या हो । यो समसया हेर्दा खेरी सामन्य जस्तो लागे पनि अन्तत यो विचार कै समस्या हो । अहिले यो समस्या हाम्रो आन्दोलनमा ढांटछल गर्ने, व्यक्तिगत सामान्या पार्टीको अगाडि तेर्साउने, पार्टी योजना कार्यन्वयनको अन्तिम चरणमा आएर विभिन्न बाहाना बाजी गर्ने,साना भन्दा साना समस्या तेर्साएर नेतृŒवले अस्वीकार गर्नै नसक्ने गरी नैतिक संकटमा पार्ने, अन्तमा पार्टीको योजना कार्यन्वयनमा जानै पर्ने स्थिति आयो भने विभिन्न मनोगढन्ते तर्कहरु उकास्ने, सकभर विषयान्तर गरेर पार्टी निर्णय, योजना अवैज्ञानिक सावित गर्न खोज्ने आदि रुपमा यो समस्या ब्यत्त भएको देखिन्छ ।
वैचारिक हिसावले यो समस्याको मूल जरो भनेको व्यक्तिवादी अवसरवाद हो । यो समस्याको पहिलो चिन्ता र उद्धेश्य भनेको आनो पद नगुमोस् भन्ने नै हुन्छ । दोस्रो आफुले ढांटछल र तिकडम गरेको सकभर कमिटीको मुल नेतृŒव र सहयोद्धाले सुईको सम्म नपाउन भन्ने रहन्छ । तेस्रो सकभर पार्टीले गर्ने निर्णय र योजनाले आनो व्यक्तिगत हितमा असर नपरोस् भन्ने कुरामा अति सर्तक रहन्छ । चौथो पार्टीको घेरा भन्दा बाहिर पार्टीको शक्ति र आडमा व्यक्तिगत लाभलाई धुरीमा राखेर सम्बन्ध विस्तार गर्ने गर्दछ । पांचौ ब्यक्तिगत नाफा–नोक्सानलाई ख्याल गरेर मात्र चल्नु यसको मुल विशेषता रहन्छ । यी विशेषताले जता–जता काम गरेका छन् त्यहाँ–त्यहाँ पार्टी र आन्दोलनमा गतिहिनताको समस्या देखिन्छ, भने जता–जता यी समस्याबाट मुल रुपमा पार्टी मुक्त छ, त्यहाँ–त्यहाँ पार्टी र आन्दोलनले क्रन्तिकारी आकार बढाउदै गएको यर्थातता स्पष्ट नै छ । यो समस्याका विरुद्ध पार्टी कमिटीहरुमा वैचारिक संघर्षको जेहाद छेड्ने होईन भने हाम्रो पार्टीले परिकल्पना गरेको मानव सभ्यता वैज्ञानिक समाजवादमा पुग्न विलम्व हुनेछ । यसर्थ तलदेखि माथि सम्म प्रत्येक तहका पार्टी सदस्यहरुलाई पार्टीले दिएको जिम्मेवारी प्रति राती पनि सपना देख्ने बनाउन आवश्यक छ । अनि मात्र हाम्रो सपनाको समाजवाद–साम्यवाद प्राप्त गर्न ढिलो हुने छैन ।
ङ) सचेत र योजनावद्ध पहलको अभाव ः–
कम्युनिष्ट पार्टी सचेत मानिसहरुको एउटा दस्ता हो । क्रान्तिका तीन सार्वभौम सिद्धान्त क्रान्तिकारी कम्युनिष्ट पार्टी, क्रान्तिकारी जनसेना र वृहत संयूक्त मोर्चा मध्ये पार्टी संगठन मुख्य हो । क्रान्तिको लागि वस्तुगत अवस्था अनुकुल वन्दै गएको भएपनि क्रान्ति लाई नेतृत्व प्रदान गर्ने पार्टी संगठन सवै हिसावले पूर्ण रुपमा तम्तयार भएन भने वस्तुगत अवस्था अनुकुल भएर मात्र क्रान्तिको विकास हुँदैन । क्रान्ति भनेकै सचेतन पक्ष ( क्रान्तिकारी पार्टी ) को नेतृत्वदायी भुमिका र योजनावद्ध पहलमा गरिने कार्य हो । यो सामान्य वुझाई हाम्रा तल्ला संगठनहरुमा वनिसकेको देखिदैन । यस प्रकारको आधारभूत वुझाई नवनेकै कारण पार्टीका तल्ला तहमा भएका संगठनहरु सुदृढ गर्ने, थप संगठनहरु निर्माण र विस्तार गर्ने, सम्पूर्ण संगठनहरु लाई क्रान्ति र मुक्ति प्रति आस्वस्थ पार्ने जस्ता अति अपरिहार्य कामहरुमा इमानदारीता र जिम्मेवारी वोध सहित सचेत र योजनावद्ध पहलको कमी देखिन्छ ।
यसो हुन नसक्नुमा मुख्य गरी दुई वटा कारण देखिन्छन् । पहिलो पार्टी र क्रान्ति प्रति पूर्ण विश्वास, दृढता र प्रतिवद्धता नहुनु हो भने दोश्रो पार्टी र क्रान्ति प्रति पूर्णरुपमा इच्छुक नहुनु हो । तेश्रो पार्टीमा देखा पर्ने खरावीहरुले तल्लो पंक्तिमा पार्ने नकारात्मक प्रभावले पार्टी, क्रान्ति र नेतृत्व प्रति शंका–उपशंका जन्मीरहनु जस्ता कारणहरु योजनावद्धता र गतिशिलताका लागि अवरोध देखिन्छन् । यसको लागि पहिलो उपचार वैचारिक, राजनैतिक चिरफार हो भने दाश्रो उपचार हरेक तहको नेतृत्वहरुले कार्यकर्तामा सकारात्मक र क्रान्तिकारी प्रभाव दिने गरी पार्टीका विचार र नीति लाई अक्षरशः ब्यवहारमा अनुवाद गर्नु हो । नेतृत्वका क्रियाकलापले पार्टी र क्रान्तिमा धेरै कुरा निर्धारण हुने गर्दछन् । प्रचण्ड,बाबुरामहरुले पार्टी र क्रान्ति लाई दिएको ठुलो धोका र गद्धारीका पिडाहरु भोगेको हामी संग कार्यकर्ताको ठूलो पंक्ति छ । यो पंक्ति लाई हरेक तहको नेतृत्वले सचेत ढंगले पहिलो, प्रतिक्रान्तिको पिडा वाट मुक्त गर्नु पर्ने छ, भने दोश्रो यो पंक्ति लाई क्रान्तिकरण गर्न नेतृत्व आफैले पहलकदमी लिई उच्च साहस का साथ उनिहरु संगै सहकार्य गर्ने र नेतृत्व आफै कार्यकताको प्रेरणाको श्रोत वन्ने कुराले मात्र पार्टी कमिटीहरु लाई छिटो भन्दा छिटो क्रान्तिको लागि तयार गर्न सकिने छ । अन्यथा स्वतस्र्फुततावादी सोचले हामीले चाहेको जस्तो क्रान्तिको तयारी गर्न विलम्व हुनेछ ।
३. निष्कर्ष
हाम्रो पार्टी दश वर्ष क्रान्ति ( महान जनयुद्ध ) र दश वर्ष प्रति क्रान्ति ( प्रचण्ड, वावुरामहरुको आत्मसमर्पण र विचलन ) का विरुद्ध लड्दै विजय प्राप्त गरेर निर्माण गरिएको क्रान्तिकारी पार्टी हो, नेपाल कम्युनिष्ट पार्टी । प्रति क्रान्तिका विरुद्धमा जेहाद छेड्दै क्रान्तिको रक्षार्थ नेतृत्वदायी भुमिका निर्वाह गर्नु हुने हाम्रो पार्टीका शिर्षस्थ नेतृत्वहरु धन्यवादका पात्र हुनुहुन्छ । अव एकिकृत जनक्रान्तिको संचालन र विकासको ऐतिहाँसिक नेतृत्वदायी जिम्मेवारी पनि हाम्रो शिर्षस्थ नेतृत्वहरुकै काँधमा इतिहाँसले थमाई दिएको छ । यो ऐतिहासिक जिम्मेवारी कुशलतापूर्वक पुरा गरिने कुरामा पार्टीमा कुनै दुई मत छैन । यो विश्वास लाई नयाँ उचाई प्रदान गर्दै क्रान्तिको निम्ति हामी सवै नेता–कार्यकर्ताले आफु र आफु मातहतको पंक्ति लाई वैचारिक÷राजनैतिक, फौजी, संगठनात्मक, संघर्ष र आर्थिक सवै क्षेत्रमा जति छिटो तयार गर्न सक्दछौ त्यति छिटो क्रान्तिको विजय नजिकिने निश्चित छ ।
समग्र क्रान्तिको नेतृत्वकर्ता पार्टी भएकोले सवै तहका पार्टी संगठन लाई परिपक्क नवनाईकन क्रान्तिको विजय सम्भव छैन । त्यस्तै पार्टी लाई वनाउनुका स–साथै पार्टीको वरीपरी व्यापक जनवर्गीय संगठन निर्माणको काम लाई पनि त्यत्तिकै महत्वका साथ लिन आवश्यक छ । पार्टी एउटा प्याजको दानाको गुदी हो भने जनवर्गिय संगठन प्याजको दाना वरीपरीका पत्रहरु हुन् । अर्को भाषमा पार्टी, सेना र जनवर्गिय संगठनहरु क्रान्तिको नीम्ति जीवित र चेत भएका हतियार हुन भने वन्दुक अचेत र निर्जीव हतियार हो । यसर्थ जीवित तथा चेत भएका हतियार तयार गर्नु हाम्रो क्रान्तिको पहिलो आवश्यकता वन्न पुगेको छ । यो कार्य लाई जुनसुकै मुल्यमा पनि हामीले पुरा गर्नु पर्ने छ । यो कार्य जति चाडो पुरा गर्न सक्छौं, त्यति चाँडो यसको गर्वमा लुकेको वैज्ञानिक समाजवादको उदय हुनेछ ।
– लेखक :पूर्व राज्यमंन्त्री हुन ।

प्रतिक्रियाहरु