उत्पीडित जनताका पक्षमा कलम चलाउनु जनपत्रकारको दायित्व’

२०७६ मंसिर १९ गते, बिहीबार

काठमाडौं , १९ मंसिर । जनपत्रकार संगठन नेपाल सेती महाकाली क्षेत्रीय समन्वय समितिको अायोजनामा बुधबार देखि ५ दिने जनपक्षीय अाधारभुत पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उदघाटन् गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती महाकाली ब्युरो ईन्चार्ज अोमप्रकाश पुनले जनताका पक्षमा निर्भरता पुर्वक कलम चलाउन जनपत्रकार हरुलाई अाग्रह गरेका छन् । नेता पुनले उत्पीडित जनताका पक्षमा कलम चलाउनु जनपत्रकारको दायित्व हुने भन्दै तालिममा सहभागी प्रशिक्षार्थीलाई सक्रियता पुर्वक सहभागी भई जनताका पत्रकार बन्न अनुरोध गरेका थिए ।
तालिम उदघाटन् सत्रमा बोल्दै नेता पुनले देशभर पछिल्लो समय नागरिकका अभिव्यक्ति स्वतन्त्रता खोसिएको बेला पत्रकार संगठनले देशभर चलाएको अभियानले सार्थकता पाएको बताए । नेपाली पत्रकारहरु राष्ट्रियता,जनताका जनजिवीका र जनअधिकार बारे गम्भीर बनेर कलम चलाउनु पर्ने कुरामा जोड दिएका थिए ।
तालिमको उदघाट्न कार्यक्रममा सम्बोधन गर्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले सुदूरपश्चिममा सशक्त र निडर जनपक्षीय पत्रकार उत्पादन गर्ने हिसाबले तालिम महत्त्वपूर्ण हुने बताए । कतिपय मिडियाकर्मी र मिडियाले राज्य सञ्चालकका मात्रै गुणगान गाएर श्रमजीवी जनताका पक्षमा कलम चलाउन छाडेको बताउदै तालिम पछि जनपक्षीय पत्रकारले आम शोषित पिडित जनताको पक्षमा कलम चलाउन आग्रह गरे । तालिम उदघाटन् कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पुर्व केन्द्रीय सदस्य देवीदत्त पाण्डे,जनपत्रकार संगठन नेपालका महासचिव हिम बिष्ट,कोषाध्यक्ष जानकि चौधरी,नेकपाका सेती महाकाली ब्युरो कार्यलय सचिव विवेक कुमाल,नेकपाका नेताहरू केदार ,सहदेव,पुर्व विधायक पुरन राना लगायतको उपस्थिति रहेको थियो । तालिममा सेती महाकाली ब्युरो अन्तरर्गत ११ जिल्लाका प्रशिक्षार्थीको सहभागीता रहेको छ ।
कार्यक्रम संगठनका क्षेत्रीय समन्वय समितिका सदस्य राजेन्द्र केसीको अध्यक्षता र भावेस उपाध्ययको सञ्चालनमा सम्पन्न भएको थियो ।
संगठनले यस अगाडि देशका विभिन्न जिल्लामा अन्तरक्रिया,तालिम एवम् गोष्ठी सञ्चालन गरिरहेको छ । “आस्था, बिचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको बिकासमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा लिएर सुदूरपश्चिमका ११ जिल्लाको उपस्थितिमा सञ्चालन गरिएको तालिममा सेती महाकालीका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु