उत्पीडितबर्ग र राष्ट्रको स्थायी शान्तिको लागी एकीकृत जनक्रान्ति – संसारसेन पृथक

२०७४ माघ २३ गते, मंगलवार

बर्गिय मुक्ती आन्दोलनलाई राष्ट्रियमुक्ति आन्दोलनसंग जोडेर लिन सकिएन भने वर्गसंघर्षका उपलब्धि प्रतिक्रान्तिमा परिणत हुन्छ र राष्ट्रले दिगो अशान्ति अस्थिरताको चक्रमार्गमा घुमिरहनु पर्छ – लेनिन
पहिलो दोस्रो बिश्व युद्ध र महान अक्टोबर क्रान्ति त्यसबाट उत्पन्न परिणामलाई सर्बहाराबर्ग र उत्पीडित राष्ट्रहरुले सहि मुल्यांकन गर्न नसक्नु बर्तमान बिश्व सामाजिक अन्तरबिरोध हो । रुसि समाजबाद र जापानी साम्राज्यवादलाई सहि ढङगले बुझ्नु र प्रयोग गरेर अगाडि बढ्नु चीनिया नौलो जनबादी क्रान्तिको महान ऐतिहासिकता हो । जतिबेला साम्राज्यवाद संकटको अन्तिम दिशामा डोरिन्छ । त्यतिबेला उत्पीडित राष्ट्र र सर्बहारा बर्गमाथी आर्थिक राजनीति धार्मिक सस्कृतिक सैनिक कुटनैतिक मित्रता र दिगो शत्रुताको संजाल युद्धको तयारी गर्छ जसको ज्वलन्त उदारहण छन । जब साम्राज्यवाद आफनोे बलियो ताकत पुग्ने देख्छ अनि उसले समाजबादी सङ्गठन र उत्पीडित राष्ट्रहरुमाथी सैनिक हमला बोल्न सुरुगर्छ । बिश्व सर्बहारा बर्गको बिजयलाई प्रतिक्रान्तिमा जबर्जस्त बदल्ने जतिपनी हर्कत भएका छन । ति सबै साम्राज्यवाद र त्यसका मुख्य एजेन्ड हरुले नै गरेका छन । यहि कुरालाई मध्यनजर गरेर माक्र्सवाद लेनिनवाद र माओवाद माथी अमेरिकी साम्राज्यवादले सामदाम दन्डभेद प्रयोग गरेर त्यसलाई उत्पीडित बर्ग र राष्ट्रबाट बिच्छेद गराउन सफल भएको छ । यसको मुल कमजोरी उत्पीडित बर्गको संस्था भित्र उसका एजेन्डा बोकेर क्रान्तिकारी मुकुण्डो ओडेर प्रवेश गराउन सफल भएको छ र यो प्रयत्न युगाँैयुगसम्म जारी राख्नेछ ।
सफल समाजबादी क्रान्ति र असफलताका कारणहरु
सर्बहाराबर्गले जतिबेला बिजय गरेर आफ्नो सार्बभौमसत्ता सम्पन्न नेतृत्व स्थापना गर्दछ । त्यतिबेला साम्राज्यवादका मुख्य एजेन्टहरूले आफ्नो बाक्लो उपस्थितिको लागि चौतर्फी संजाल तयार गर्न सुरुवात गर्दछ । पेरिस कम्युनको स्थापना सँगै सामन्त तथा साम्राज्यवादको बाक्लो घेराबन्दी पदिय तथा आर्थिक प्रलोभन ब्यूरोक्रेसीमाथी प्रत्येक्ष सामन्ती हस्तक्षेप लगाएतले ७२ दिनभित्र पेरिस कम्युन विघटन भयो । यसैको कोर्ष करेक्सनमा माक्र्सले सर्बहारा वर्गसंघर्ष र सर्बहाराबर्गको अधिनायकत्व बिश्वब्यापी बिचार स्थापित गर्नुभएको हो । रुसी समाजबादी महान अक्टोबर क्रान्तिपछि साम्राज्यवाद रक्षात्मक अबस्थामा पुग्यो । उस्ले फेरि गोर्भाच्वभ लाई उपयोग गरेर बेलारुस र ताजिकस्तान बिखण्डनको अनुकूल फाइदा लिन सफल भयो । जसलाई रुसमा आफ्नो उपस्थिति जनाउन र समाजबाद विघटन गर्नसक्ने एउटा आधार तयार पार्यो । लेनिनको मृत्युपछि स्टालिनमा देखिएको अधिभुतबादी चिन्तन र ख्रुश्चेभमा मौलाएको अबसरबादी संसोधनबाद रुसि समाजबाद विघटनको आन्तरिक कारण बन्यो ।चीनिया नौलो जनबादी क्रान्ति सम्पन्न सँगै चीनिया सर्बहाराबादी साँस्कृतिक क्रान्तिमा ढिलाई लिन्प्याओ देङ्सियाओपिङ्गमा देखिएको सुधारबादी लाइनले सर्बहाराबर्गको कम्युनिस्ट पार्टी माक्र्सवाद लेनिनवाद र माओवाद प्रती निरासा पैदा गर्दिन साम्राज्यवाद तथा सामन्तबादी शक्तिहरु एकठाँउमा उभिएर मिडिया कु गर्न सुरुवात गरेको यथार्थ हो ।
नेपाली कम्युनिस्ट आन्दोलन र वर्गसंघर्ष
नेपालमा इतिहाँसको ऐतिहासिक अध्यन गर्ने हो भने कम्युनिस्टहरुको नेतृत्वविना कम्युनिस्ट उन्मुख बिद्रोहहरु थुप्रैपटक भएका छन । दुर्भाग्यवश कम्युनिस्टहरुको पहलमा कमिरहिएको छ । २०९७ सालको राणाबिरोधी आन्दोलनमा कम्युनिस्ट बिचार राख्ने साथिहरुको बाक्लो उपस्थिति हुदाँहुदै ऐतिहासिकता पाउन नसकेको तितो सत्य हो । नेकपाको स्थापनासँगै कम्युनिस्ट पार्टी भित्र पन्चायत समर्थन चिन्तन बोकेका ढोगी कम्युनिस्टहरुको नेतृत्वले कम्युनिस्ट आन्दोलन अगाडि बढन नसक्नुको कारण बनेको तितो सत्य थियो । २०१५ सालको समसदिय पञ्चायत चुनावको प्रयोगसँगै संगठनमा देखिएको उग्रवामपन्थी बिचार र दक्षिणपन्थिधार क्रान्तिकारीधार कित्ताबन्दिहुँदै अगाडि बढेको सत्य थियो । दक्षिणपन्थि गुट तत्कालीन पञ्चायतमा विलीन भयो भने उग्रवामपन्थी भन्ने धार तत्कालीन चौम २०२८ सालमा कोसि कोर्डिनेसनको नामले झापा बिद्रोहको नेतृत्व गर्यो । लक्ष्य सहि हुदाँहुदै निति गलत भएरै ब्यक्ती हत्या गरेकोले तत्कालीन चौम जनताको नजर र राजाको सैनिक शक्तिबाट वचन सकेन । जसबाट निराश हतोत्साहित पलायन कार्यकर्तालाई समेटेर मदनकुमार भण्डारीले घुमाउरो ढङ्गबाट बिपिको राष्ट्रिय मेलमिलापको सिद्धाान्तको परिमार्जित नक्कल र थप कम्युनिस्टहरुलाइ पच्ने शब्दको प्रयोग गरेर जनताको बहुदलीय जनबाद अगाडि सारेर बैधानिक संघर्ष र प्रजातान्त्रिक परिवर्तनको बाटो हुँदै अगाडि बढ्ने सिद्धान्त सारेर झापा आन्दोलनको कोर्ष करेक्सनको बाटो जनताको बहुदलीय जनबाद औंल्याए । त्यसको प्रभावको ठिक २४ बर्षपछी २०५२ सालमा प्रचण्डको अगुवाइमा जनयुद्धको सुरुवात भयो । बिशाल संगठन देशब्यापी युद्धको थालनी त्यसको प्रभाव र बिजय एकपछि अर्को हँुदै गयो सेना,सत्ता र क्रान्तिकारी पार्टीले आफ्नो गतिविधिमा बिजय हुँदैगर्दा प्रचण्डले परिमार्जित एक्काइसौं सताब्दिको जनबाद बिचार अघि सारे बिचार कार्यन्वयन प्रक्रिया सँगसगै प्रचण्ड “ पथ“ स्थापित गरेर लिनु कुशल सफलता भित्रको असफल सर्बसत्तबादी चिन्तनको बिकास भयो । अन्ततोगत्वा क्रान्तिकारी पश्चगमनको बाटो संविधान सभाको बाटो पहिल्याउन थाल्यो र अन्तत संविधान सभाको प्रयोगमा गएपछी एकता केन्द्र सँगको एकता सरकार गठनसँगै प्रचण्डपथ देबसहान भयो । अन्तत प्रचण्डले अगुवाइ गरेको पार्टी ब्यबहारिक तथा सैद्धान्तिक रूपमा बर्तमन एमालेको बहुदलीय जनबादसँग मेलखान गयपछी नेपालमा दुइवटा समान सैद्धान्तिक हैसियतका राजनीति पार्टी अस्तित्वमा छ्न । यसको सामाजिक घटना परिवर्तनले यी दुई पार्टीको समान हैसियतले एउटाको अन्त्य र एउटाको अस्तित्व अनिवार्य छ । जसको प्रतिफल पार्टी एकता पनि स्वभाविक बनेको हो । यसको एउटा अनिवार्य कोर्ष करेक्सनको आबश्इक्ता थियो । जसलाई नेपाली भुमिबाटै एकीकृत जनक्रान्तिको नाममा संस्लेषीत छ । एमाले माकेको बैचारिक च्युतसंगै उत्पीडित बर्ग र उत्पीडित राष्ट्रको मुक्ति कालागी बिप्लवको बिचार उदय र प्रयोग बिजय अनिवार्य हो । बास्तबिकतापनि यहीं थियो ।
समस्याहरु।
संगठानिक प्रतिकुल्ता नेपाली जनतामा केहि हदसम्म प्रचण्ड स्थापित लिडर रहनुले र जनयुद्ध तथा एकीकृत जनक्रान्तिको वास्तविक राजनीति परिभाषा जनस्तरमा लियर वर्गसंघर्षलाई पुनर्गठन गर्नेमा समस्या जसको कारण तत्कालीन वर्गसंघर्षका होनहार नेता कार्यकर्ता असंगठित र अक्रमन्यातामा निष्क्रिय रहनु देखिन्छ भने सहयौद्धा साथीहरूमा बैचारिक राजनीति मतभिन्नतालाई मैत्रीपुर्ण बहसमा भन्दा ध्वस्तपारेर अघि बढने एकमनाबादी चिन्तन तल्लो तहमा देखापर्नु एउटा प्रतिकुल्ता हो ।
प्रचारात्मक समस्या
बिश्व साम्राज्यवाद एकलौटी उत्पीडित राष्ट्र र बर्गमाथी गलत प्रोपोगन्डा सृजना गरिरहेका बेला राष्ट्रभक्ती तथा जनातन्त्रिक शक्तिसामु एकीकृत जनक्रान्तिको भावमर्म स्पष्ट परेर साम्राज्यवाद तथा नबप्रतिक्रियावादीहरुमाथी प्रचारप्रसार युद्धको उद्घोघोष गर्न नसक्नु अर्को समस्या देखिन्छ ।
संभावनाहरु
राजनीतिक लक्ष्य ।
वैदेशिक दलाल नोक्कर शाही नबसामन्ती राज्यको अन्त्य र बैज्ञानिक समाजबादी स्वाधीन राज्यसत्ता निर्माण बदनियत मुक्त राजनीति भ्रष्टाचार मुक्त ब्युरोक्रेसी
आर्थिक लक्ष्य
पुरानो सामाजिक सामन्ती उत्पादन प्रणालीको अन्त्य सगै अन्तर्रा्ष्ट्रिय दलाल पुजिको निरुत्साहित आधुनिक समाजको उत्पादन प्रणाली दगै राष्ट्रिय पुजिको लगानी र बिकास ।
वर्तमान संसदिय ब्यबस्था र एकिकृत जनक्रान्ति
वर्तमान संसदिय ब्यवस्था सस्तो लोकप्रियताकोलागी इसाई मिसन मिडिया प्रचारवाजि सौदा र धितो बन्धकमा सुप्पन्न चुनाव सैद्धान्तिक तथा ब्यवहारिक हिसाबले अबैध साबित भएको छ । राष्ट्रिय रूपमा स्वाभिमानको सह अस्तित्वबाट च्युत र लोकतान्त्रिक नारा दिएर जनताबाट तृस्कृत हुँदै जनबिरोधी क्रियाकलापम लिप्त भएको छ । यसको विकल्पमा जनताको बैज्ञानिक समाजबाद स्थापनाकोलागि एकीकृत जनक्रान्तिको एकमात्र विकल्प हुन आएको छ । जसबाट जनताको वल मार्फत बैज्ञानिक समाजबाद र राष्ट्रिय मुक्ति आन्दोलन मार्फत स्वतन्त्र स्वाधीन राष्ट्रको परिकल्पना गर्ने एउटा आधार हो । भ्रष्टाचार मुक्त राज्य व्यवस्थाको लागि जनताप्रति उत्तरदायी राज्य स्वच्छ प्रशासन कानुनी शासनको लागि बर्तमान संसदिय प्रणाली पुर्ण खारेजीको जरुरी छ । यद्यपि यसो हुन सकेन भने चरम दलाल नोकर शाही कमिसनतन्त्र यथावत रहेर देशको अस्तित्व नै धरापमा पर्ने ठुलो खतरा छ । यसको विकल्पमा एकिकृत जनक्रान्तिको पहल र माध्यमबाट सर्बहाराबर्गको राज्य सत्तालाई दिगो स्थापना र राष्ट्रिय सुरक्षा स्वाभिमान सहितको देश निर्माणको विकल्प अनिवार्य हो ।
एकीकृत जनक्रान्ति किन ?
जताततै साम्राज्यबादी मुलुक र तिनीहरुका व्यावसायिक एजेन्टहरूले विभिन्न कु प्रचारप्रसार गरेर उत्पीडित बर्ग र राष्ट्रलाई चौतर्फी घेराबन्दीमा पार्न सामदाम दन्ड भेद प्रयोगमा ल्याएर हमला गरेको सत्य छ । ठिक यहिबेला संसारबाट उत्पीडित बर्गको बैचारिक अस्त्र प्रतिकुल्तामा परेको बेला उत्पीडित बर्ग र उत्पीडित राष्ट्रलाई नयाँ निकास दिन नयाँ बिचारको जरुरी हुन्छ । त्यसैले एक्काइसौं सताब्दिको साम्राज्यवाद र टुक्रे नबसामन्तबादसँग मुकाबिला र बिजय हासिल गर्न एकीकृत जनक्रान्तिको जरुरी बनेर आउनु बस्तुगत आबस्यक्ता हो ।
अबसरबादी तथा क्रान्तिकारीहरुको कोर्सकरेक्सन
अबसरबाद भनेको आफुप्रतिकुल समय परिस्थितिसग संघर्ष गर्न नसकी स्वयम ब्यक्ती अनुकुल परिस्थितिमा समाहित हुनु र त्यो बाहेक अन्यत्र विकल्प नदेख्नुलाइ भनिन्छ । त्यसैको प्रतिफल तत्कालीन मालेले झापा आन्दोलनको सैद्धान्तिक तथा ब्यबहारिक कमजोरी सकारात्मक नकारात्मक समिक्षा गरेर वर्गसंघर्षको बाटोलाई नयाँ सिराबाट लिनुको आलवा बर्ग सम्वनय सान्तिपुर्ण सहअस्तित्व बहुदलीय प्रतिस्पर्धाको बाटो लियर जबजको सैद्धान्तिक यात्रा तय गर्यो । यो झापा आन्दोलनको प्राजय निराशा र भयभितको कोर्सकरेक्सन थियोे । त्यस्तै प्रचण्डले जनयुद्धको देवसान गराउनु पनी ऐतिहासिक विजयलाई नदेखी अधिभुतबादी तथा बर्तमन साम्राज्यवादसँग लडन सक्ने बिचार बिकासमा देखिएको अक्रमन्यता र दोहित मनोबृतिको पराकाष्ट संविधान सभाको चुनाव संसदिय प्रणालीलाई स्विकार गरेर अगाडि बढ्नु यो वा त्यो हिसाबले जबजको बाटोमा विलीन भइसकेपछि सर्बहाराबर्ग र उत्पीडित राष्ट्रको मुक्ति स्वतन्त्र स्वाधीनताको लागि वर्गसंघर्षलाई नयाँ सिराबाट मुर्तिकृत र संगठित गर्न बर्तमान सामन्ती साम्राज्यवाद तथा सामाजिक साम्राज्यवादलाइ प्रास्तगरी सर्बहाराबर्गको मुक्ति स्वतन्त्रता स्वाधीनता स्थापना गर्न र बैज्ञानिक समाजबादको बाटो अगाडि बढ्न एकीकृत जनक्रान्तिको बाटो वर्गसंघर्षको महत्वपूर्ण क्रान्तिकारी कोर्षकरेकसन हो यो अनिवार्य छ ।

प्रतिक्रियाहरु