उत्तर कोरियाले परमाणु परीक्षण केन्द्र नष्ट गर्ने

काठमाडौं, ३० बैशाख । उत्तर कोरियाले आफनो देशमा रहेको परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने घोषणा गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाए अनुसार उत्तर कोरियाले आगामी दुई साताभित्र विदेशी सञ्चारकर्मीको उपस्थितिमा परमाणु परीक्षण केन्द्र नष्ट गर्ने छ । मे २३ बाट सुरु हुने तीन दिने कार्यक्रमका लागि सुरक्षा विज्ञ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आमन्त्रण गरिने छ ।
त्यसक्रममा परीक्षण केन्द्रस्थित सबै सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी भत्काइने, प्रवेशद्वार बन्द गरिने, पर्यवेक्षण गर्ने केन्द्र र अनुसन्धान भवनहरु हटाइने जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच सिंगापुरमा ऐतिहासिक शिखर बैठक हुनुभन्दा तीन हप्ताअघि हुने सो कार्यक्रममा दक्षिण कोरिया, चीन, ब्रिटेन तथा रुसका पत्रकार सहभागी हुनेछन् । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>