उडिरहेको विमानमा बमको हल्लापछि लडाकु जेट गएर सकुशल ओराले यात्रुवाहक विमान

काठमाडौं, २० जेठ । उडिरहेको एउटा यात्रुवाहक विमानमा बम रहेको भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाका दुईवटा लडाकु जेट विमानले सो यात्रुबाहक विमानलाई सकुशल ओरालेका छन् । त्यहाँका अधिकारीहरुले जनाएअनुसार उडिरहेको यात्रुवाहक विमानमा बम राखिएको जानकारी पाएपछि तत्कालै उद्धार गरिएको थियो । तर सो विमान अवतरण गरेर चेकजाँत गर्दा भने कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना समेत गलत रहेको पुष्टि भयो । फिलिपिन्सको सेबुबाट आइतबार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालक दलका ६ जना सदस्य थिए । नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको र उनी पनि सोही विमानको यात्रु भएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।
यसरी हल्ला फैलाउने ती बालकमाथि सिंगापुर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>