ईपीएस परीक्षा सुरु

काठमाडौं, २६ जेठ । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा आजदेखि सुरु भएको छ । आज र भोलि गरी सञ्चालन हुने परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी हुँदै छन् । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएको छ । आज बिहान १० बजेदेखि पहिलो र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालित परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखराका २८ केन्द्र तोकिएको छ । भाषा परीक्षामा सहभागी भएकाहरुलाई अभिमुखीकरणसमेत दिइएको छ । उत्तर पुस्तिकाको परीक्षण भने कोरियाबाटै गरिने छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>