इरानमाथि यमनका बिद्रोहीलाई भड्काएको आरोप

२०७४ कार्तिक २२ गते, बुधबार

काठमाडौं, २२ कात्तिक । साउदी अरबले यमनका बिद्रोहीलाई इरानले भड्काएको आरोप लगाएको छ । साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानले यमनका हुथी बिद्रोहीलाई मिसाइल उपलब्ध गराई सैन्य कारबाहीका लागि उक्साएको आरोप लगाएका हुन् । उनले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राखे । इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत साउदीका राजकुमारले दिएका छन् । यद्यपी इरानले भने साउदीको आरोपलाई अस्वीकार गरेको छ ।
इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाए । हुथी बिद्रोहीले गत शनिबार साउदी अरबमा बुरकान एचटु मिसाइल प्रहार गरेका थिए । पछिल्लो समय यमनको मामिलालाई लिएर इरान र साउदीबीचको सम्बन्धमा दरार आएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु