इबोला भाइरसका कारण १७ जनाको मृत्यु

काठमाडौं, २६ बैशाख । इबोला भाइरसका कारण अफ्रिकन मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा १७ जनाको मृत्यु भएको छ । संक्रमित दुई जनाको भने उपचार भइरहेको छ । कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु भएको हो । सन् २०१४ मा इबोला भाइरसका कारण गिनिया, सियरालियोन र लाइबेरियामा मात्र ११ हजार मानिसको मृत्यु भएको थियो । आशंकित पाँच जनाको रगत परीक्षणबाट दुई जनामा उक्त रोग फेला परेपछि इबोला भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बिकोरो शहरमा तत्काल रोकथाममा लागि सरकारसँग मिलेर काम गर्नु पहिलो प्राथमिकता भएको डब्लूएचओले जनाएको छ । यहाँ योसमेत नौ पटक इबोला फेला परेको जनाइएको छ । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>