‘इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउ’

२०७६ भाद्र २५ गते, बुधबार

काठमाडौं, २५ भदौ । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गरी इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैसँग आग्रह गरेका छन् । इन्द्रजात्राको अवलोकनका लागि यस वर्ष विभिन्न पाँच शहरका मेयरसहित ४८ जना भन्दा बढी विदेशी आउनेछन् । उनीहरुलाई जात्रा अवलोकनसहित चन्द्रागिरीहिल, स्वयम्भूनाथ, दरबार स्क्वायर, पशुपतिनाथलगायतका धार्मिक तथा पर्यटकीय तीर्थस्थलको अवलोकन गराइने छ ।
इन्द्रजात्रालाई भव्य रुपमा मनाउनका लागि इन्द्रजात्रा व्यवस्थापन समिति गठन गरिएको छ भने स्थानीय संघ, संस्था र क्लबसँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको मेयर शाक्यले जानकारी दिए । नेपालको प्रचार प्रसार र पर्यटकीय दृष्टिकोणलाइसमेत प्राथमिकतामा राखिएको उनको भनाई थियो ।
कुमारी घरमा पुगेर कुमारी अवलोकन गर्ने र विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरीने छ । श्रीकुमारी, श्रीगणेश, श्रीभैरवको रथयात्रा, लाखेनाँच, आकाश भैरवनाँच, महाकालिन नाँचलगायतकका नृत्य प्रस्तृुत गरिने छ । जात्राको अन्तिम दिन कुमारी घरमा पुगेर राष्ट्र प्रमुखले कुमारीको हातबाट टीका ग्रहण गर्ने चलन छ ।

प्रतिक्रियाहरु