इन्डोनेसियामा पुन : भूकम्प , ९० जनाको मृत्यु

२०७५ श्रावण २१ गते, सोमबार

काठमाडौं , २१ साउन । इन्डोनेसियामा पुन : भूकम्प गएको छ । लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार बेलुका ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ९० जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सयौं घाइते भएका छन् । इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् भने धेरै मात्रामा मानवीय क्षति भएको हुन सक्ने बताएका छान । विद्युत आपूर्ति बन्द भएको छ । संचरना ढलेर पार्किङमा रहेका मोटरसाइकल पुरिएको तस्बिरमा देख्न सकिन्छ । भूकम्पको धक्काबाट भौतिक संरचना हल्लिरहेका र मानिसहरु आत्तिएर चिच्याहट र भागाभग गरिरहेका दृष्य भिडियोमा देख्न सकिन्छ ।
घाइतेहरुलाई अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । भग्नावशेष हटाउने र पुरिएकाहरुको खोजी र उद्दार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाले भरिएको क्षेत्रको रुपमा चिनिन्छ । भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएको थियो । छिमेकी आइल्याण्ड बालीमा पनि भूकम्पको धक्का महसुस भएको छ । आइल्याण्ड विश्व विख्यात पर्यटन गन्तव्य पनि हो ।
यसअघि प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गएको जुलाई २९ मा मात्र ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा १६ जनाको ज्यान गएको थियो । इन्डोनेसिया भूकम्पकाे उच्च जाेखिम क्षेत्र मानिन्छ ।

प्रतिक्रियाहरु