इन्टरनेट प्रयोगकर्तामा तेब्बर वृद्धि

२०७४ फाल्गुन १५ गते, मंगलवार

काठमाडौं, १५ फागुन । इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेको छ । दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ । ५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ताको दर करिब २० प्रतिशत थियो भने यो वर्षको मंसिरको तथ्यांकअनुसार यो दर ६३ प्रतिशत पुगेको छ । कुल जनसंख्यालाई इन्टरनेट प्रयोगकर्ताको संख्याले भाग गरी यो प्रतिशत निकाल्ने गरिन्छ । तर, नेपालको जनसंख्या गणना पछिल्लो पटक २०६८ मा भएकाले अहिलेको प्रतिशत निकाल्दा पनि सोही जनसंख्यालाई आधार मानिएको छ । उक्त जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार