’इजी ट्याक्सी नेपाल’ एप सञ्चालनमा

२०७६ असार २० गते, शुक्रबार

काठमाडौं, २० असार । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको समन्वयमा ’इजी ट्याक्सी नेपाल’ एप सञ्चालनमा आएको छ । यो एपमा जोडिएर ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चाकलहरुले सेवा दिनेछन् । अबदेखि ट्याक्सी चढ्न चाहनेले घरमै ट्याक्सी बोलाउन सक्नेछन् । मोवाइलमा आधारित ’इजी ट्याक्सी नेपाल’ एप्सले गएको वैशाखदेखि सेवा परीक्षण गर्दै आइरहेको थियो । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सञ्चालनमा ल्याइएको एपसेवाले अभियान प्रचार–प्रसारको साथै यात्रुमैत्री सेवा दिने बताए ।
’इजी ट्याक्सी नेपाल’ एप्सको सेवा लिन यात्रुले एप डाउनलोड गरेर आफ्नो नाम दर्ता गर्नुपर्नेछ । यात्रुले लग इन गरिसकेपछि रियल टाइम म्यापको आधारमा नजिक भएका ट्याक्सी चालकले एपबाट नै अनुरोध स्वीकार गर्नेछन् र यात्रुको मोबाइल नम्बरमा सम्पर्क गरेर सेवा दिनेछन् । ’इजी ट्याक्सी नेपाल’ एप सेवा अहिले काठमाण्डौ उपत्यकाभरी सञ्चालनमा आइसकेको छ । यात्रु र चालकलाई प्रविधिमा जोड्न यो एप सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रियाहरु