इजरायलमाथि दर्जनौ रकेट प्रहार

काठमाडौँ, ३१ असार । इजरायल र गाजा क्षेत्रमा भिषण संघर्ष भएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो क्षेत्रमा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको बताएका छन् । उनले आफ्नो देशमा हमासले ९० वटा रकेट प्रहार गरेको बताए ।
त्यसैगरी प्यालेस्टिनी अधिकारीहरुले इजरेलले गाजा क्षेत्रमा हमला गरेपछि आफूहरुले जवाफी कारवाही गरेको बताएका छन् । उनीहरुले इजरेल गरेको हवाई आक्रमणमा परी गाजामा दुई दर्जनको मृत्यु भएको बताएको र १२ जना घाइते भएका बताएका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इजरेलमा प्रहार गरिएका ९० भन्दा बढी रकेटमध्ये एउटाबाट तीनजना इजरेली घाइते भएका छन् ।
इजरेली प्रतिरक्षा बल (आइडीएफ) ले बेत लाहियास्थित एउटा बटालियन मुख्यालय, उत्तरी गाजास्थित एउटा प्रशिक्षण केन्द्र र अस्त्र भण्डारणलगायत हमास समूहका अखडाहरूलाई निशाना बनाइएको जनाएको छ । एउटा भिडिओ वक्तव्यमा नेतन्याहुले भनेका छन्, “रक्षामन्त्री, प्रधान सेनापति र उच्च सुरक्षा अधिकारीहरूसँगको परामर्शपछि हामीले हमासको आतंकवादविरुद्ध कडा कदम चाल्ने निर्णय गरेका छौँ ।”
बीबीसीका अनुसार इजिप्ट र अन्तर्राष्ट्रिय समुदायको प्रयत्नमा अहिले एउटा युद्धविराम सम्झौता भइसकेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>