आन्दोलनकारी पक्षलाई ठूलो सफलता

२०७६ मंसिर ९ गते, सोमबार

!

काठमाडौं, ९ मंसिर । हङ्‌कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरूले घोषित २४१ स्थानमध्ये २०१ स्थानमा विजय हासिल गरेको बताइएकाे छ । बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेकाे बिबिसीले जनाएकाे छ । करिब २९ लाख मतदाताले मतदान गरेकाे जनाइएकाे छ । निर्वाचनमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी समूहहरूले पाँच महिनासम्मको तनाव र प्रदर्शनपछि चिनियाँ सरकारलाई स्पष्ट सन्देश दिन चाहेको देखिएको छ । यसलाइ सङ्कटमा परेकी हङ्‌कङकी प्रमुख कार्यकारी क्यारी लामको परीक्षाका रूपमा हेरिएकाे छ ।
बेइजिङ पक्षधर उम्मेदवारहरूले पाँच महिनादेखि चलिरहेका प्रहरी-प्रदर्शनकारी झडपप्रतिको असन्तुष्टि पोख्न आफूलाई समर्थन गर्न आग्रह गरेका थिए तर नतिजा उल्टाे देखिएकाे छ । हाल हङ्‌कङमा बसोबास गर्ने ७४ लाख जनसङ्ख्यामध्ये ४१ लाख मतदाता नामावालीमा समावेश थिए । हङ्‌कङका जिल्ला पार्षदहरूले शहरको बस गुड्ने बाटो र फोहरमैला सङ्कलन जस्ता विषयमा सरोकार राख्दछन् ।

प्रतिक्रियाहरु