आज हावा हुरीसहित वर्षाको सम्भावना

२०७६ जेष्ठ १८ गते, शनिबार

काठमाडौं, १८ जेठ । मौसम पूर्वानुमान महाशाखाले आज देशको पुर्वी तथा मध्य भु–भाग लगायात पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भु–भागमा आंशिक बदली रहने जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ। त्यसैगरी रातिको समयमा देशैभरि आंशिकदेखि सामान्य वदली रही देशको पश्चिमी भु–भागका केही स्थानहरुमा र मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु