आज विश्व वातावरण दिवस

२०७५ जेष्ठ २२ गते, मंगलवार

काठमाडौं, २२ जेठ । आज विश्व वातावरण दिवस , विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दिवसको यस वर्षको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ । वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले आज विविध कार्यक्रम आयोजना गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशूस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो ।

प्रतिक्रियाहरु