आज मेघगर्जन सहित वर्षा हुने

काठमाडौं, १६ जेठ । देशका पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदलि, मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसुम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भु–भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।
त्यसैगरी रातिको समयमा देशका पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदली, मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु–भाग तथा मध्य पहाडी भेगका थोरै र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>