आज मेघगर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना

२०७६ बैशाख ३० गते, सोमबार

काठमाडौं, ३० वैशाख । आज देशको अधिकांश स्थानको मौसम आंशिक बदली हुने छ । पूर्वी, मध्य र पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार