आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

२०७५ बैशाख ३ गते, सोमबार

काठमाडौं, ३ बैशाख । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आज सोमवारे औँशी पनि परेकाले विहानै उठेर नबोली स्नान गर्ने परम्परा पनि छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
यस दिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट मातातीर्थमा मेला लाग्ने गर्दछ । आज बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुईंचो छ । आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन् । आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा पनी वर्णित छ । त्यसैले त ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ भन्ने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार