आज महाशिवरात्री पर्व

२०७४ फाल्गुन १ गते, मंगलवार

काठमाडौं, १ फागुन । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । शिवधुनीपछि जाडो बिदा हुने जनविश्वास रहेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा शिवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशका विभिन्न भागका साथै भारतका तीर्थयात्रीको घुइँचो लागेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार