आज बालाचतुर्दशी : दिवङ्गत पितृका नाममा शतबीज छरिँदै

२०७६ मंसिर ९ गते, सोमबार

काठमाडौं, ९ मंसिर । आज बालाचतुर्दशी , दिवङ्गत पितृका नाममा शतबीज छरिँदैछ । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन हिजो साँझै देखि नै भेला भएका थिए । हरेक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन बेलुकी मन्दिरमा पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन पुग्ने गर्छन् । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशभरबाट भक्तजनहरु पशुपतिमा आउने गर्छन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न पनि पशुपतिमा हिजो अपरान्हदेखि नै भक्तजनको भीड लागेको थियो ।
दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार