आज पृथ्वीजयन्ती

२०७४ पुष २७ गते, बिहीबार

काठमाडौं,२७ पुस । आज पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती , देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० ओटाभन्दा बढी भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाइरहे । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकामा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरिदिएको थियो ।
यद्यपि, त्यसपछिका वर्षहरुमा पनि जनस्तरबाट पृथ्वीजयन्ती मनाउनेक्रम जारी नै छ । यो वर्ष भने सरकारले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रियाहरु