आज ग्याल्पो ल्होसार पर्व

२०७६ फाल्गुन १२ गते, सोमबार

काठमाडौं, १२ फागुन । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरेर मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ल्होसार मनाउने गरेका हुन् । आज शेर्पा समुदायले नयाँ वर्षको रुपमा २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु हुने बताइएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाइन्छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार