आज अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस

२०७६ मंसिर २४ गते, मंगलवार

काठमाडौं , २४ मंसिर । आज ७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैं छ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले यो वर्षको नारा “युथ स्ट्याण्डिङ अफ ह्युमन राइटस“ भन्ने तय गरेको छ । यो घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो ।
यसैबीच आजदेखि काठमाडौँमा ११ औं मानव अधिकार राष्ट्रिय महाभेला हुने भएको छ । सन् २००९ बाट नेपालमा मनाउन थालिएको महाभेला यसपटक सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो । महाभेलाको अवसर पारेर गैर सरकारी संस्था महासंघले यो वर्षदेखि ३ वटा सम्मान र पुरुस्कार पनि वितरण गर्ने भएको छ ।
यसैबीच महिलामाथि हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि आजै सकिँदै छ । नोभेम्बर २५ देखि शुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज सकिन लागेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु