आजको आबश्यकता ,जनपक्षीय पत्रकारिता : हस्तबहादुर के.सी.

विषय प्रवेश ः
पत्रकारिता(Journalism) को इतिहास ज्यादै लामो छ । सूचना तथा सञ्चार उद्योगका लागि समाचार संकलन गर्ने, सामूहिकीकरण गर्ने, सम्पादन गर्ने तथा सम्प्रेषन गर्ने कार्यलाई पत्रकारिता भनिन्छ । खासगरी पत्रकारको पेसा पत्रकारिता हो । पत्रकारले गर्ने काम विभिन्न पत्रपत्रिका, टेलिभिजन, रेडियो अनलाइन तथा अन्य सञ्चार माध्यमसम्बन्धी क्रियाकलाप, पत्रकारको काम, कर्तव्य र उद्देश्य आदिको विवेचना हुने विद्या पत्रकारिता हो ।
दैनिक, साप्ताहिक, मासिक, पाक्षिक, द्वैमासिक, त्रैमासिक वा सोभन्दा बढी प्रकाशित हुने सञ्चारपत्रका, प्रतिनिधि वा संवाद समितिको प्रतिनिधिलाई पत्र प्रतिनिधि भनिन्छ । आज नेपालमा पत्रकारिताको निकै विकास भएको छ र यसको क्षेत्र निकै फराकिलो बन्न पुगेको छ । अर्थात् नेपालको पत्रकारिताको भूमि निकै उर्बर छ । नेपालको संविधानले पनि सञ्चार माध्यमलाई राज्यको चौथो अंग मानेको छ ।
पत्रपत्रिका प्रकाशन र पत्रकारिताको इतिहासको सन्दर्भमा
आजको युगको सूचना सञ्चार र प्रविधिले अत्यधिक विकास गरिरहेको युग हो । सूचना प्रविधिको विकासले आज विश्व अत्यन्तै सातो बन्न पुगेको छ । सूचना प्रविधि र प्रचार–प्रसार तथा प्रकाशनको विकास एकाएक भएको होइन ? यसको विकासको इतिहास ज्यादै लामो छ । मानव चेतनाको विकासको प्रक्रियासँगै सूचना र प्रविधिको विकास हुँदै आएको छ । यस दृष्टिले हेर्दा पत्रकारिताको इतिहास पनि ज्यादै लामो छ । सञ्चार माध्यमहरुको प्रकाशनको इतिहास पनि ज्यादै पुरानो छ । यस विषयमा जानकारी लिन आवश्यक हुन्छ ।
निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक, दैनिक आदि प्रकाशन, विभिन्न विषयमा लेखिएका रचनाहरुसँग भएको सामयिक पुस्तिका, चिठ्ठीपत्र वा अन्य कुनै विषयको प्रधानता भएको पत्र आदिलाई पत्रपत्रिका भनिन्छ । खास गर्दा पत्रपत्रिका विषयगत वा क्षेत्रगत रुपमा विभिन्न किसिमका हुने गर्दछन् । इतिहासलाई फर्केर हेर्दाखेरी के पाइन्छ भने नेपालमा पहिलो पत्रिका सन् १८०० को मे महिनाबाट साप्ताहिक रुपमा छापिने गोरखापत्रलाई नेपालको जीवित सबैभन्दा पुरानो पत्रिका मानिन्छ । नेपालको पहिलो दैनिक पत्रिका १९५१ मा छापिएको जागरण र आवाजलाई मानिएको छ । हाल नेपालमा पत्रपत्रिकाको संख्या करिब पाँच हजारभन्दा बढी रहेका छन् ।
संसारको पहिलो पत्रिका रोममा जुलेसिजरको पालामा ईशापूर्व पहिलो शताब्दीमा एउटा डिउर्ना रहेको छ र चीनमा छैठौं शताब्दीमा त्सिगपाओको नामका मासिक पत्रिका प्रकाशन भएको पाइन्छ र पछि पेकिङ गजेट नामक पत्रिका तंगु राजाको समयमा ६१८ देखि ९०५ सम्म प्रकाशित भएको देखिन्छ । यस्तै युरोपमा पन्ध्रौं शताब्दीमा जर्मनीका सहरहरुमा पाण्डुलिपिका पत्रपत्रिकाहरु भए तापनि सन् १५५६ मा मात्र भेनिसको सरकारले नोटिजी स्कुते नामक पत्रिकाको प्रकाशन गरेको थियो । अर्को इतिहासबाट प्राप्त प्रमाण के हो भने मुद्रण उद्योगको विकास भएपछि छापाखानामा छापिएर प्रकाशित भएको पहिलो पत्रिका नेदरल्याण्डबाट न्यूजाइटग नामक पत्रिका सन् १५२६ मा प्रकाशित भएको मानिन्छ । अंग्रेजीमा पहिला पत्रिकाहरु हस्तलिखित रुपमै प्रकाशित हुन्थ्यो । सन् १६२२ बाट बेलायतमा अंग्रेजी पत्रिकाको मुद्रण गरी विकनी न्यूज प्रकाशित गरी प्रकाशन गर्ने काम सुरु भएको थियो । लण्डनबाट सन् १७०२ देखि दैनिक पत्रिका द लण्डन डेली करेन्ट प्रकाशन सुरु भएको थियो । यसरी सरसर्ती अध्ययन गर्दा पत्रपत्रिका प्रकाशनको इतिहास ज्यादै लामो छ ।
कसलाई पत्रकार भन्ने ?
वास्तवमा सञ्चार उद्योगमा कार्यरत सञ्चारकर्मीहरुलाई पत्रकार भनिन्छ । खासगरी सञ्चारमाध्यमका लागि जानकारी, सूचना, समाचार, पक्रिया, अभिव्यक्तिहरु प्राप्त गर्ने, संकलन गर्ने, संगठित गर्ने, परिमार्जन र विश्लेषण गरी सम्पादन गर्ने सम्प्रेषण गर्ने कार्यमा संलगन व्यक्तिलाई पत्रकार भनिन्छ । पहिले पहिले अर्थात् परम्परागत रुपमा पत्रकार भनिँदै गर्दा पत्रपत्रिकासँग सम्बन्धित कार्य गर्ने, समाचार संकलन, लेख टिप्पणी गर्ने, सम्पादन र प्रकाशन गर्ने जस्ता व्यक्तिलाई पत्रकार भनिने गरिन्थ्यो तर विद्युतीय सञ्चारमाध्यमको विकासले यो खाली पत्रपत्रिकासँग मात्र सम्बन्धित नभएर विद्युत माध्यमहरु रेडियो, टेलिभिजन, अनलाइनलगायतका सम्पूर्ण सञ्चार उद्योगसँग काम गर्ने लाई पत्रकार भनिन्छ । साथै संसारको सबभन्दा पहिलो पत्रकार नारदलाई मानिन्छ । पत्रकारको छोटो रिचय यही नै हो ।
पत्रकार कति प्रकारका हुन्छन ?
वर्गीय समाजमा मुख्यतः संसारमा दुईवटा वर्गहरु अस्तित्वमा रहँदै आएका छन् । जस्तैः शोषक वर्ग र शोषित वर्ग, धनी वर्ग र गरीब वर्ग, शासक वर्ग र शासित वर्ग, उत्पीडक वर्ग र उत्पीडित वर्ग आदि । मानव समाजको विकासक्रम र मावन सभ्यताको विकासक्रमलाई अध्ययन गर्दा के तथ्य सत्य रहँदै आएको छ भने सुरुको मानव समाज अर्थ अर्थात, आदिम साम्यवादी समाजमा वर्ग थिएन । वर्ग नभएपछि राज्य पनि थिएन । त्यसैले त्यहाँ मान्छेले मान्छेमाथि गर्ने शोषण, अन्याय अत्याचार पनि थिएन ।
जब मानव समाज दासस्वामी समाज अर्थात (दासयुगिन समाज) मा प्रवेश गर्दा त्यस बेलादेखि मानव समाजमा वर्गको उदय भयो र मानव समाजमा वर्गहरुमा विभक्त हुन पुग्यो । त्यसरी आज दास युगिन समाज हुँदै सामन्तवादी समाज र सामन्तवादी राज्यव्यवस्था, पुँजीवादी समाज अर्थात, पुँजीवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवाद तथा वैज्ञानिक साम्यवादमा पुग्ने चरणमा विकसित हुँदै अगाडि बढिरहेको छ । आज पुँजीवादको मरणासन्न पुँजीवादी अवस्था अर्थात साम्राज्यवाद र सर्वहारा क्रान्तिबीचको भीषण वर्ग संघर्षको युगमा हामी पुगेका छौं र विश्व सर्वहाराक्रान्ति अवश्यमभावी छ । मानव समाज वैज्ञानिक साम्यवादमा पुगेपछि वर्गको विलोप भएसँगै राज्यको पनि विलोपीकरण हुनेछ । तर त्योभन्दा पहिलेको समाज व्यवस्था अर्थात आज हामीहरु बाँचिरहेको समाज भनेको वर्गीय समाज हो । त्यसैले समाज वर्गमा विभाजित भएका कारण पत्रकारिता पनि वर्गीय स्वरुपको हुनु अनिवार्य छ । यस विषयमा विश्लेषण गर्न आवश्यक हुन्छ ।
पत्रकारिता पनि वर्गीय हुन्छ
समाज वर्गीय भइरहेको अवस्थामा पत्रकारहरुमा पनि वर्गीय छाप पर्नु स्वाभाविक हुन्छ । एकथरि पत्रकारहरु शोषक वर्गको, शासक वर्गको, उत्पीडक वर्गको, प्रतिक्रियावादी वर्गको, अर्थात सामन्त तथा पुँजीपति वर्ग र ती वर्गको राज्यसत्ताको गुणगान गाडो ती प्रतिक्रियावादी वर्ग र त्यस वर्गको शासन सत्ता टिकाउनका निम्ति पत्रकारिता क्षेत्रबाट प्रचारप्रसार गर्न समाचार संकलन गर्ने लेख, टिप्पणी लेख्ने सम्पादन तथा प्रकाशन गर्ने र जनविरोधी राष्ट्रविरोधी, अर्थात सामन्तवादी, पुँजीवादीहरुको प्रतिक्रियावादी वर्ग र तिनको प्रतिक्रियावादी राज्यव्यवस्थालाई वचाइराख्ने टिकाइ राख्ने र तिनको पक्षपोषण गर्ने खालका सञ्चारसामग्री उत्पादन गर्ने र सम्पादन गर्ने, प्रकाशण गर्ने पत्रकारहरुलाई जनविरोधी राष्ट्रविरोधी पत्रकार भनिन्छ ।
यसको ठीक उल्टो देश र जनताको पक्षमा जनताले युगदेखि शोषणरहित समाजव्यवस्था ल्याउनका लागि गर्दै आएका बलिदान र योगदानका बारेमा पक्षपोषण गर्ने, समाजको प्रगतिशीलताको पक्षघरता लिने, जनताको गाँस, बाँस, कपासको ग्यारेन्टी राज्यले गर्नुपर्ने जनता स्वयं मालिक बनेर जनताको शासन व्यवस्था अर्थात जनवाद वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्नका लागि जनताले अर्थात विश्व मानवसमुदायले गर्दै आएका वैचारिक संघर्ष, वर्ग संघर्ष र आमूल पविर्तनका पक्षमा सञ्चार सामग्री उत्पादन गर्ने, समाचार संकलन गर्ने लेख टिप्पणी लेख्ने, सम्पादन र प्रकाशन गर्ने र जनविरोधी, राष्ट्रविरोधी अर्थात प्रतिक्रियावादी व्यवस्थालाई ध्वंश गर्ने गरी जनताले सञ्चालन गर्दै आएका संघर्षहरुलाई पक्षपोषण र सहयोग पुग्ने गरी सनसनीपूर्ण समाचारहरु लेख्ने, सम्पादन र प्रकाशन गर्ने आँट र चेतना भएका पत्रकारहरुलाई जनपक्षीय पत्रकार भनिन्छ ।
यसरी वर्गीय समाजमा पत्रकारहरुको वर्गीय पक्षधरता रहन गएको हुन्छ र समाजमा माथि उल्लेख गरेर भैंm जनविरोधी पत्रकारहरु जो प्रतिक्रियावादी वर्ग र प्रतिक्रियावादी सरकारको सेवा, चाकडी गर्ने गर्दछन् । अर्कोथरि पत्रकारहरु जो जनताको पक्षमा राष्ट्र र देशको पक्षमा, समाजको परिवर्तनको पक्षमा, शोषित, उत्पीडितवर्गको पक्षमा सतीसाल, सालझैँ खडा भएर अहोरात्र खटेर पत्रकारिता गर्दैछन्, ती पत्रकारहरुलाई मात्र जनपक्षीय पत्रकार भनिन्छ ।
के–के गर्नुपर्दछ, जनपक्षीय पत्रकारले ?
जनपक्षीय भन्नेवित्तिकै जनताको पक्षमा भन्ने बुझिन्छ । त्यसो भएर जनपक्षीय पत्रकारहरुले आमजनताको पक्षमा, शोषित, उत्पीडित वर्गर र जनताको पक्षमा समाजमा उपेक्षित गराइँदै आएका वर्ग र समुदायका पक्षमा र उनीहरुको पक्षपोषण गर्ने उनीहरुका समस्याहरुलाई उजागर गर्ने खालका, समाजको आमूल परिवर्तनको पक्षमा इमानदारिपूर्वक खडा भएर जनपक्षीय पत्रकारहरुले समाचार संकलन गर्ने, सञ्चार सामग्रीहरु उत्पादन गर्ने, लेख, टिप्पणी लेख्ने, प्रचार–प्रसार गर्ने, सम्पादन तथा प्रकाशन गर्नेजस्ता असल कार्यहरु जनपक्षीय पत्रकारहरुले गर्नुपर्दछ ।
वर्तमान नेपालकै सन्दर्भमा चर्चा गरिरहँदा आज प्रतिक्रियावादी एवं सामाजिक फासीवादी सत्ताले जनतामाथि अन्याय, अत्याचार गरिरहेको छ, शोषण र उत्पीडनलाई बढावा गर्ने र मलजल गर्ने कार्य गरिरहेको छ, हत्या, बलत्कार र मानव हिंसाका त्रासदीपूर्ण घटनाहरु घटिरहेका छन्, ती घटनाका योजनाका र अपराधीहरुलाई सरकारले संरक्षण दिइरहेको छ । राज्यसत्ता सञ्चालन गर्नेहरुबाटै अरबौँ, खबरौँको भ्रष्टाचार भइरहेको छ । ती भ्रष्टाचारीहरुलाई राज्यले वर्तमान प्रतिक्रियावादी एवं जनघाती तथा राष्ट्रघाती सरकारले संरक्षण दिइएको छ । तस्करी, कालोबजारिया, माफियातन्त्रले मुलुकलाई कलंकित मात्रै तुलाएको छैन, आज भ्रष्टाचार, भ्रष्टाचारीहरु, तस्करहरु र सबै खाले माफियाहरुको नाइके बनिरहेको छ । वर्तमान प्रतिक्रियावादी सरकार । यी तमामखाले प्रतिक्रियावादी सत्ताद्वारा सिर्जित विकृति र विसंगति, अव्यवस्था र कुरुप संस्कार, संस्कृतिका बारेमा आजका जनपक्षीय पत्रकारले लेख्ने बेला आएको छ ।
महँगीले आकाश नाघेको छ, महँगीले जनताको ढाड सेकिएको छ । यस्तो अवस्थामा जनविरोधी सरकार, विरह बन्न पुगेको छ र उल्टै कमिसनखोर, बिचौलियाहरुको संरक्षण बनिरहेको यो सरकार । यी विषयमा जनपक्षीय पत्रकारहरुले खराब ढङ्गले लेख्न जरुरी छ । शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भइरहेको छ । दलाल सरकार शैक्षिक माफियाहरुको संरक्षक बनिरहेको छ । यी विकृति र विसंगतिका विरुद्ध जनपक्षीय पत्रकारहरुले कलम चलाउन अनिवार्य बनिरहेको छ । शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भइरहेको छ । दलाल सरकार शैक्षिक माफियाहरुको संरक्षण बनिरहेको छ । यी विकृति र विसंगतिविरुद्ध जनपक्षीय पत्रकारहरुले कलम चलाउन अनिवार्य बनिरहेको छ । नेपाली समाजमा आज बेरोजगारी समस्या विकराल बनिरहेको छ । बेरोजगारी समस्याका कारण करिब ८० लाख युवाहरु विदेश पलायन हुन बाध्य भइरहेका छन् र मुलुकको ठूलो युवा जनशक्ति विदेश पलायन भइरहेको छ । वर्तमान प्रतिक्रियावादी एवं सामाजिक फासीवादी सत्ताले रोजगारीको सिर्जना गरेर, विदेश पलायन भइरहेको युवा जनशक्ति स्वदेशमै रोकेर राष्ट्रनिर्माण गर्ने नीतिका आधारमा अगाडि बढ्नुका साटो रेमिटेन्सले मुलुक चलेको प्रचार गर्न लाज पनि मानिरहेको छैन । यस प्रतिक्रियावादी सत्ताको जनविरोधी क्रियाकलापका विरुद्ध जनपक्षीय पत्रकारहरुले कलम चलाउन जरुरी छ ।
आज सिंहदरबारले सरकार स्वयम्ले घोषणा गरेर गाउँगाउँमा पु¥याइएको हल्ला मच्चाइएको छ । र, स्थानीय तह र प्रदेश सरकारले सर्वसाधारणबाट चर्को कर असुली रहेका छन् र त्यो कर जनपक्षमा राष्ट्रको निर्माणको पक्षमा नगएर स्थानीय निकायका जनप्रतिनिधिहरु, प्रदेशसभाका सभासद्, मन्त्री आदिले व्यक्तिगत स्वार्थमा राष्ट्रको सम्पत्ति झ्वाम पारिसकेका छन्, यस प्रकारका राष्ट्रघाती, जनघाती, भ्रष्टाचारीहरुका विरुद्ध जनपक्षीय पत्रकारहरुले लेख्नुपर्छ । जनपक्षीय पत्रकारहरुले देश र जनताको पक्षमा लेख्नुपर्छ । समाचार सञ्चार सामग्री उत्पादन गर्ने, लेख, टिप्पणी, लेख्ने, सम्पादन र प्रकाशन गर्ने काम गर्नुपर्छ जनपक्षीय पत्रकारहरुले । जनपक्षीय शिक्षा, स्वास्थ्यका पक्षमा लेख्नुपर्दछ जनपक्षीय पत्रकारहरुले देश अझै पनि अर्धसामन्ती नवऔपनिवेशिक अवस्थामै छ । आज नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै, वैज्ञानिक समाजवादी हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य, उद्देश्य राखेर, नेपाली क्रान्तिको नेतृत्व गरिरहेका क्रान्तिकारी कम्युनिस्टहरुको पक्षमा लेख, समाचार लेख्ने, सम्पादन र प्रकाशन गर्नुपर्दछ जनपक्षीय पत्रकारहरुले । अर्थात् महान् नेपाली क्रान्तिका पक्षमा लेख्नु्पर्छ, जनपक्षीय पत्रकारहरुले ।
आज राष्ट्रिय स्वाधीनता धरापमा परिरहेको भारतीय विस्तारवादी शासकहरले हाकाहाकी नेपालको सीमा अतिक्रमण गरिरहेको छ । जंगेपिलरहरु फेर्ने, गायब कार्य गरिएको छ, भारतीय पक्षबाट । मुलुकको करिब ७२ स्थानमा समिा अतिक्रमण गरिएको छ । करिब ६० हजार हेक्टर नेपालको जमिन भारतीय विस्तारवादी शासकहरले आफ्नो कब्जा लिएको छ । दार्चुलाको कालापानीमा आजसम्म पनि भारतीय सैनिक क्याम्प तैनाथ पार्न दिइएको छ । सुगौली सन्धि हुँदै सन् १९५० को असमान तथा अपमानजनकलगायतका राष्ट्रघाती सन्धि–सम्झौतालाई खारेज गरेर, दुवै देशका जनताको बहुपक्षीय हित र लाभका आधारमा नयाँ आधारमा नयाँ सन्धि–सम्झौता कायम गर्नुपर्दछ भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र देशभक्त, जनवादी एवं प्रगतिशील शक्तिहरु र आमराष्ट्रिय स्वाधीनताका पक्षधर जनताका आवाजका पक्षमा स्वरमा स्वर मिलाउँदै, कदममा कदम मिलाउँदै जनपक्षीय पत्रकारहरुले समस्या लेख्नुपर्दछ । यस प्रकारको दायित्व निर्वाह गर्नु नै जनपक्षीय पत्रकारहरुको कर्तव्य बन्न जान्छ ।
जनपक्षीय पत्रकारको कभरमा CID बन्ने खतरा
जनपक्षीय पत्रकार भनेको विभिन्न सञ्चार उद्योगहरुमा काम गर्ने पत्रकारहरुले जनता र राष्ट्रका पक्षमा लेख्ने हो । समाचार संकलन गर्ने, सम्पादन र प्रकाशन गर्ने हो । नेपालमा विगतदेखि नै सत्तापक्षकै गुणगान गाउने, चाकडी गर्ने, साम्राज्यवादी तथा विस्तारवादीहरुका पक्षपोषण गर्ने, मूलतः सत्ताधारी वर्ग र सत्ताको चाकडी गरेर जीवन निर्वाह गर्ने पत्रकारहरुको चर्को बोलवाला रहँदै आएको छ । अर्को उज्यालो पाटो पनि छ । निरंकुश तथा जहानियाँ राणा शासनका विरुद्ध ‘मकैको खेती’ नामक पुस्तक लेख्ने सुब्बा कृष्णप्रसाद अधिकारीहरुलाई राणा शासकहरु आतंकित भएर उनको हत्यासम्म गरे ।
२००७ सालको राणाविरोधी राजनीतिक क्रान्तिदेखि आजसम्म आइपुग्दा, नेपालीको क्रान्तिको पक्षमा लेख्ने, राष्ट्रिय स्वाधीनताका बारेमा आवाज बुलन्द गर्ने, साम्राज्यवाद र विस्तारवादीको हस्तक्षेपका विरुद्ध कलम चलाउने जनपक्षीय तथा क्रान्तिकारी पत्रकार, साहित्यकार एवं लेखक, कलाकारहरुले बलिदानीपूर्ण दायित्व पूरा गर्दै आएको इतिहास पनि छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएयताको ६९ वर्षको अवधिभर महान् नेपाली नयाँ जनवादी क्रान्तिको पक्षपोषण गरेर समाचार लेख्ने, सम्पादन र प्रकाशन गर्ने क्रममा हजारौँ जनपक्षीय पत्रकारहरुले ठूलो बलिदानीपूर्ण र कष्ट साँध्न श्रम, सीम, बुद्धि, विवेकको लगानी गरेको इतिहास पनि बर्करार नै छ ।
महान् दस वर्षे जनयुद्धको पक्षपोषण गर्दै नेपाली क्रान्तिकै पक्षपोषण गर्दै, जनादेश साप्ताहिकका तत्कालीन सम्पादक एवं प्रगतिवादी साहित्यकार, पत्रकार एवं लेखक कृष्णसेन ‘इच्छुक’ ले जीवनको बलिदानी दिनुप¥यो । त्यस्तै सैयौँ जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुले देश, जनता र क्रान्तिको पक्षमा लेख्दा, बोल्दा समाचार सम्पादन र प्रकाशन गर्दा प्रतिक्रियावादी राज्यसत्ताबाट कठोर जेल यातना, दुःखकष्ट झेल्नुका साथै जीवनसमेत अर्पण गर्दै आएको इतिहास छ । साथै, महान् नेपाली क्रान्तिको यात्रा पूरा भएको छैन । आज पनि देश र जनताको पक्षमा, महान् नेपाली क्रान्तिको पक्षपोषण गर्दै समाचार लेख्न, सम्पादन, प्रकाशन गर्ने र जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुले कम जोखिम व्यहोर्न परेको छैन । वर्तमान दलाल तथा सामाजिक फासीवादी सत्ताले जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुमाथि दमनकारी नीति अपनाएकै छ । भोलि चल्ने भीषण वर्गसंघर्षका प्रक्रियामा महान् क्रान्तिका पक्षमा समाचार लेख्ने, सम्पादन तथा प्रकाशन गर्ने क्रान्तिकारी एवं जनपक्षीय पत्रकारहरुलाई सत्ताले बाँकी राख्ने छैन नै ।
तर, यति जोखिम र दायित्वबोध हुँदाहुँदै पनि जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुको फाँटमा पनि एउटा खतराकै पनि रहन्छ भने जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुको कभरमा रहेर सत्ताधारी सेनाको सि.आई.डी. बनेर पत्रकारिता गर्ने, बाहिर चर्को क्रान्तिकारी र जनपक्षीय देखिने भित्रभित्रै प्रतिक्रियावादी, सेना, पुलिसको एजेण्डा र सीआइडी बनेर पत्रकारिता गर्ने र क्रान्ति, परिवर्तन र देश तथा जनताप्रति ठूलो घात गर्ने चरम अवसरवादी पत्रकारहरु पनि जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुको फाँटमा घुसेर खतरा पु¥याउन सक्छन् । यस प्रकारका उदाहरण र शिक्षा विगतबाट प्राप्त नभएको त होइन नै । तर, पनि जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुले यस विषयमा सजगता अपनाउन जरुरी हुन्छ ।
उपसंहार
समाजको रुपान्तरण र परिवर्तनका निम्ति जनपक्षीय पत्रकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तै आमूल परिवर्तन र महान् नेपाली क्रान्तिको निम्ति पनि जनपक्षीय एवं क्रान्तिकारी पत्रकारहरुको अत्यन्तै महत्वपूर्ण योगदान र बलिदानको खाँचो हुन्छ । यसमा जनपक्षीय पत्रकारहरुले आपूmलाई समर्पित गर्नुपर्ने भएकाले आज जनपक्षीय पत्रकारहरुको अपरिहार्यता जनजाहेर छ । जनपक्षीय पत्रकारिताको अपरिहार्यता र आवश्यकता जगजाहेर छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>