आगरास्थित ‘रेड लाइट एरिया’मा पाँच नेपाली युवती फेला

काठमाण्डौ , २२ चैत । भारतको आगरास्थित एक ‘रेड लाइट एरिया’ मा स्थानीय प्रहरीले छापा मार्दा पाँच नेपाली युवती फेला परेका छन् । भारतीय संचारमाध्यमका अनुसार प्रहरीले कुल ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली हुन् । बाँकी ४ जना भारतकै असम राज्यका किशोरी रहेको बताइएको छ ।
नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा ल्याएर यौन धन्दामा लगाउँदै आएको सुराकी पाएपछि बुधबार प्रहरीले छापा मारेको हो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठा प्रहरीले जबर्जस्ती खोलेको थियो । ती कोठामा थुनिएको अवस्थामा किशोरीहरु फेला परेको बताइएको छ ।
प्रहरीले उद्धार गरिएका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको छ । कोठी संचालकलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । माइती नेपालको पहलमा सो कारवाही गरिएको बताइएको छ । नेपालबाट तीन किशोरीलाई आगरा ल्याएर देहव्यापारमा लगाइएको सूचनाका आधारमा सो संस्थाले स्थानीय प्रहरीमा आवश्यक कारवाहीका लागि उजुरी गरेको थियो । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>