आईएसद्वारा १८ प्रहरीको हत्या

२०७४ भाद्र २७ गते, मंगलवार

काठमाडौं , २७ भदौ । इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आईएस)ले १८ जना प्रहरीको हत्या गरेको छ ।
प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा आठ जना घाइते भएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या गरेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु